शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको बेत्रावति बजारमा हेल्प डेस्क स्थापना


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ५, २०७६
  • 717
    SHARES

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर गर्दै रसुवामा हेल्प डेस्कस्थापना गरिएको छ । कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि उतरगया गाउपालिका स्वास्थ शाखाले रसुवाको बेत्रावति बजारमा ‘‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको हो ।

कोभिड–१९ भाइरस सङक्रमण हुन नदिन जनचेतना मुलक सन्देश प्रवाह गर्न आईतबार सो डेस्क स्थापना गरिएको उतरगया गाउपालिका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिएका छन ।

कोरोना भाईरस (कोभिड–१९)  का बारेमा जानकारी दिन र विरामीको पहिचान तथा चेकजाँच‚सवारी  साधन मार्फत रसुवाबाट बाहिरीने र भित्रिने यात्रुहरुलाई कोरोना भाईरसबाट बच्ने उपाय र रोगका लक्षणबारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको लम्सालले जानकारी दिए ।

उक्त,डेस्कले विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई समन्वय गरी सहयोग गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)