बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनालाई मध्यनजर राख्दै रसुवामा बजार अनुगमन सुरु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ५, २०७६
  • 765
    SHARES

रसुवा, ५ चैत

कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै रसुवामा बजार अनुगमन सुरु गरिएको छ । संक्रमणकालिन अवस्थामा सामाग्रीको अभाब तथा कालोबजारी बढ्न सक्ने हुदाँ जिल्लाका व्यापारिक केन्द्रहरुमा बजार अनुगमन सुरु गरिएको हो ।

कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणकालिन अवस्थामा दैनिक उपभोग्य बस्तुको सामाग्रीमा हुन सक्ने कालोबजारी, सामाग्री अभाब लाई मध्यनजर राख्दै बजार अनुगमन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

मंगलबारदेखि जिल्लाका २२ स्थानका खाद्यान्न तथा औषधि पसलको अनुगमन सुरु गरिएको समेत उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईको नेतृत्वमा मंगलबार सदरमुकाम धुन्चेमा बजार अनुगमन गरि बजार अनुगमनको सुरुवात भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । सदरमुकाम धुन्चेमा रहेका ९ वटा मुख्य खाद्यान्न पसलमा अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा खाद्यान्न सामाग्री स्टकको अवस्थाबारे निरिक्षण गरिनुका साथै दैनिक उपभोग्य बस्तुको खाद्यान्न विवरण संकलन गरिएको समेत प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
अनुगमनको क्रममा ६ सय ३८ क्वीन्टल चामल, ४५ क्वीन्टल दाल, २ हजार ३ सय ५० केजी नुन, साढे ३३ क्वीन्टल चिनी, १ हजार ६ सय लिटर तेल र २ सय ९७ वटा भरि ग्यास सिडिन्डर रहेको पाइएको छ । उक्त खाद्य सामाग्रीले संकटकालिन अवस्था रहे ६ महिनाका लागि पुग्ने भण्डारीले बताए । उनले भने, संकटकालिन अवस्था आइपरेमा धुन्चेबाट सामान सप्लाई हुने आसपासका क्षेत्रका मानिसहरुलाई ६ महिनाका लागि पुग्ने खाद्यान्न रहेको पाइयो, ।

त्यस्तै सदरमुकामका पसलहरुमा माक्स र सेनेटाइजर को अभाब रहेको पाइएको छ । हात धुनका लागि साबुन भने पर्याप्त रहेको पाइएको भण्डारीले बताए ।
त्यस्तै, चैत्र २ गते जिल्ला प्रशासन कार्यालय रसुवामा सरोकारवालाको सहभागितामा बसेको बैठकले संक्रमण कालिन अवस्थालाई मध्यनजर राख्दै जिल्लाका व्यापारिक केन्द्रमा बजार अनुगमन गर्ने निर्णय गरेको थियो । सदरमुकाम धुन्चे, स्याफ्रुबेशी, टिमुरे, ग्राङ, राम्चे, कालिकास्थान,जिबजिबे,बेत्रावती, पारच्याङ, सरमथली, मैलुङ, डाडागाउँ, थुमन, बृद्धिम, खाम्जीङ, भोर्ले, हाकु, गोल्जुङ, चिलिमे, गतलाङका पसलमा रहेका खाद्यान्न स्टकको अवस्थाबारे निरिक्षण गरिनुका साथै दैनिक उपभोग्य बस्तुको खाद्यान्न विवरण संकलन गरिने निर्णय गरिएको थियो ।

जिल्लाका २२ वटा व्यापारिक केन्द्रमा जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित गाउँपालिकाको नेतृत्वमा बजार अनुगमन गरिने निर्णय भएको थियो । त्यसका लागि सबै गाउँपालिकालाई अनुरोध गरिसकेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
१५ दिन भित्रमा जिल्लाका व्यापारिक केन्द्रहरुमा रहेका पसलमा अनुगमन गरिने समेत उनले बताए ।

कुनै स्थानमा सामाग्रीको अभाब तथा कालोबजारी भएको पाइएमा टाक्सपोट टिम खडा गरिएको समेत भण्डारीले बताए । ‘समस्या परेको ठाउँमा हामी तत्कालै जान्छौँ, हाम्रो टाक्सपोट रहेको छ, । उनले भने, जस्तै कतै चामल अभाब भयो, ग्यास अभाब भयो, समस्या परेको ठाउँमा सामाग्री पाइएन कालोबजारी भो भने हामी चार पाँच जनाको टिम रहेको छ, त्यहाँ तत्काल हाम्रो टोलि पुग्छौँ, ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }