मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

७५ मेगावाटको गल्छी– त्रिशुली जलविद्युत आयोजनाको पीपीए खारेज


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०७६
  • 611
    SHARES

नुवाकोट र धादिङमा निर्माण हुने ७५ मेगावाटको गल्छी त्रिशुली जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पीपीए खारेज भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवद्र्धक कम्पनी सिद्धकाली पावरले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले आयोजनाको उत्पादन अनुमतिपत्र पनि गत मंसिरमा खारेज गरिसकेको छ । मन्त्रालयले अनुमपति पत्र खारेज गरी आयोजनालाई बास्केटमा राखेको छ ।
प्राधिकरण र कम्पनीबीच २०७३ जेठ २०मा पीपीए भएको थियो । पीपीएको दफा ३८.२मा भएको प्रावधान बमोजिम कम्पनीले २१ महिनाभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि सम्झौता खारेज गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

दफा ३८.२मा सम्झौता लागू भएको २१ महिनाभित्र आयोजनाको वित्तीय व्यवस्थापन समापन भएको विवरणसहितको जानकारी दिनु पर्ने र त्यस्तो विवरण प्राधिकरणमा प्राप्त नभएमा सम्झौता स्वतः खारेज हुने व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)