शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना सम्बन्धि उत्तरगया गाउँपालिकाले गर्यो ७ बुँदे महत्वपूर्ण निर्णय (निर्णय सहित)


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०७६
  • 990
    SHARES

बिश्वव्यापि संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उत्तरगया गाउँपालिकाले ७ बुदे निर्णय गरेको छ । सोमबार गाउँकार्यपालिकाको बैठक बसि ७ बुँदे निर्णय गरेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

बैठकले पालिका स्तरिय कोभिड १९ स्वास्थ्य व्यवस्थापन गर्न विपद व्यवस्थापन निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालको संयोजनमा गाउँपालिकाका उपाध्यक्ष, ५ वटै वडाका वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यपालिकाका सदस्य, प्रहरी चौका प्रमुख, नेपाल स्काउड प्रतिनिधि, नेपाल रेडक्रसका प्रतिनिधि, सम्बन्धित संघसस्थाका प्रतिनिधि सदस्य र गाउँपालिकाका स्वास्थ्य संयोजक सदस्य रहने गरि समिति गठन गरिएको छ ।

कोभिड १९ नियन्त्रणका लागि गर्न १५ लाख रुपैया बजेट बिनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लम्सालले बताए ।
त्यसैगरि कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि खटिने कर्मचारीलाई खाना खाजा वापत दैनिक एक हजार र क्वारेनटाइनमा रहने व्यक्तिहरुलाई बिहान बेलुकाको खाना र खाजाको व्यवस्था गरिने लम्सालले बताए ।

त्यस्तै विपद व्यवस्थापन समितिको निर्णय अनुसार प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा गाउँपालिका स्तरिय टास्क फोर्स गठन गरिने निर्णय भएको छ । भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जनचेतना अभिबृद्धि, क्वारेनटाइन रेखदेख गर्नका लागि वडा स्तरिय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै गाउँपालिकाको बेत्रावती बजार र मैलुङबेशीमा हेल्प हेक्स र क्वारेन्टाइनको काम सुरु गरिने भएको छ ।

प्रत्येक हेल्प डेक्समा दुई दुई जना स्वास्थ्यकर्मि र प्रहरी खटाइने भएको छ भने प्रत्येक क्वारेनटाइन संचालन तथा रेखदेख भने वडाध्यक्षको संयोजकत्वमा गठित समितिले गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)