शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी र तातोपानी नाका खोल्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 1.0K
    SHARES

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मालसामान आयात निर्यात गर्न सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउने निर्णय गरेको छ। बुधबार बसेको बैठकले माघ १५ गतेदेखि बन्द रहेको उक्त नाका खुलाउने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय भएको छ।

उक्त निर्णय अनुसार त्यसको आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)