सोमवार, अशोज १०, २०७९

कोरोना रोकथाम गर्न आवश्यक सामग्री अस्पतालमा पठाइयो


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 235
    SHARES

काठमाडौं, चैत १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिए ।

तीमध्ये मास्क दुई लाख २२ हजार ७६०  र अन्य विभिन्न सामग्री चार हजार ४४१ रहेका छन् । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) ६२५ मध्ये २६७ पठाइएको र ३५८ मौज्दात राखिएको छ ।

अहिले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकले पिपीइ लगाउनुपर्ने हुन्छ  ।

यसैगरी ४८३ गाउन, मुखमा प्रयोग गर्ने मास्क ५२२, स्यानिटाइजर २०९, पञ्जा एक हजार २३६, एन–९५ मास्क ६०१, चश्मा ४७१, आइआर थर्मोमिटर ५८, पिपीइ ग्राउण्ड २८५, सुकभर ४७६ र फेस सिल्ड १०० वटा विभिन्न अस्पतालमा पठाइएको छ ।

यसैगरी उनका अनुसार खरिद गरिएकामध्ये दुई लाख ७९ हजार ३८७ सामग्री तत्काल नपठाइ मौज्दातसमेत गरिएको छ ।

तीमध्ये मास्क दुई लाख ७२ हजार ४२० र अन्य सामग्री छ हजार ९६७ रहेका छन् । जसअनुसार पिपीइ ३५८, गाउन एक हजार ४५६, फेस मास्क एक हजार ५७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५९३, एन–९५ मास्क २४, चश्मा ४८०, आइआर थर्मोमिटर चार, सुकभर एक हजार १६२ र फेस सिल्ड २३५ मौज्दात राखिएको छ ।

मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने उनले जानकारी दिए । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ