
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाकाबाट अत्यावश्यक सामग्री ल्याउनका लागि तयारी थालिएको भए पनि यसको अझै निचोड निस्किन नसक्दा रसुवागढी नाका खोल्ने वा नखोल्ने अन्यौलमा रहेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले रसुवागढी नाका खोल्ने निर्णय सार्बजनिक भए पनि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै जिल्लाका जनप्रतिनिधी,राजनितिक संगठन,ब्यापरी तथा बुद्धिजीवी र सर्बसाधारणले समेत तत्काल नाका नखोल्न आग्रह गर्दै आए पछि खोल्ने वा नखोल्ने अन्यौल थपिएको हो ।
सामाजिक सञ्जाल मार्पmत स्थानीय बासीहरुले रोग नियन्त्रण नभएको र संक्रमणकै अबस्थामा भएकाले नाकामा मानिसहरुको आबत जावतले थप समस्या उत्पन्न हुने भन्दै तत्काल नाका खोल्न नहुने बताएका छन ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार नाका खोल्ने निर्णय भएको भए पनि कसरी सञ्चालन गर्ने भन्ने बारेमा परिपत्र नआएको र स्थानीय बाट पनि नखोल्न आग्रह आएकाले चिनियाँ पक्ष सँग पनि निरन्तर कुराकानी भइरहेकाले नाका खुलाउनका लागि नाकामा पर्ने आबस्यक स्वास्थ्य समाग्री लगायतका बस्तुहरु प्रयोगमा ल्याएर उच्च सर्तकताका साथ सञ्चालनमा ल्याउने तयारी भईरहेको भण्डारीले बताए ।
यसैबीच रसुवा भन्सार कार्यालयले भने सामग्री आयात भएमा जाँचपास गर्न पर्ने भएकाले आफ्नो तयारी पुरा गरेको बताएको छ । सामग्री आएको खण्डमा जाँचपास गर्न कुनै कठिनाइ नहुने र भन्सार जाँच पास प्रणालीलाई सहज बनाईने प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।
नाकामा अहिले थोरै सवारी साधन राखिएको छ । केरुङमा रहेका सामाग्री आयातका लागि ३ सय कन्टेनर आवश्यक पर्छ । नाका सञ्चालनमा आए पनि अत्यावश्यक सामग्री मात्र ल्याउन अनुमति दिइने छ । नाका संचालनमा ल्याउन लागिएको भन्दै जिल्लाबासिले भने बिरोध जनाएका छन् ।