मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाका बिभिन्न स्थानबाट २८ बिदेशी पर्यटकको उद्धार


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 789
    SHARES

रसुवा, १६ चैत

रसुवाको बिभिन्न स्थानबाट २८ जना बिदेशी पर्यटकको उद्धार गरिएको छ । सरकारले लकडाउन गरेपछि अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको हो ।

पदयात्रा तथा भ्रमणका लागि रसुवा आएका ४७ पर्यटक मध्ये उद्धार गरिदिन अनुरोध गरेका २८ जना पर्यटकको उद्धार गरी काठमाण्डौ तथा चीनतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

‘१४ दिन अवधि अघि देखि पदयात्रा तथा भ्रमणका लागि रसुवा जिल्लामा आगमन भएका बिदेशी पर्यटकको अभिलेख अद्यावधिक गरिएको थियो, उनले भने अद्यावधिक गरिएका मध्ये उद्धार गरिदिन अनुरोध गरेकाहरुको हामीले उद्धार गरि गन्तव्यसम्म पुर्याएका छौँ, ।’

भण्डारीका अनुसार अमेरीकी १ जना, बेलायती १ जना, जर्मन ७ जना र चिनिया १९ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका १९ जना चिनियालाई चिनतर्फ पठाइएको र बाकि लाई काठमाण्डौ पठाइएको समेत उनले बताए ।  उनले भने, एक एक जना बेलायती र अमेरीकीलाई १३ गते, २ जना जर्मनीलाई १४ गते र १९ जना चिनिया र ५ जना जर्मनी नागरिकलाई १५ गते उद्धार गरी पठाएका छौँ, ।

सरकारले विदेशी पर्यटक फर्काउने घोषणा गरेपछि रसुवा घुम्न आएका पर्यटकको खोजी गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)