बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ को रोकथाम, प्रतिरक्षा र उपचार समिति गठन


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 725
    SHARES

प्रदेश नं १ सरकारले प्रदेशमा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन शनिबार विभिन्न समिति गठन गरेको छ ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समिति गठन भएको छ ।

यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ ।

गठन भएका समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधिहरु सदस्य रहनुभएको छ । बैठकले कोरोना भाइरस विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशसभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना भाइरस विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने समेत निर्णय गरेको छ ।

यसैबीच मुख्यमन्त्री राईको अध्यक्षमा बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई रु एक करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

कोष सञ्चालक समितिको बैठकले नेपाली सेनालाई क्वारेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पुर्याउने जिम्मेवारी तोकिएको छ ।

त्यस्तै नेपाल र प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, सङ्क्रमितहरुको सुरक्षा र ‘लकडाउन‘लाई प्रभावकारीरूपमा कार्यान्वयन गराउने जिम्मेवारीसमेत बैठकेले तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }