बिहिबार, अशोज ४, २०८०

सरकारले आज आर्थिक राहत प्याकेज धोषणा गर्ने


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 928
    SHARES

आज बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राहतका कार्यक्रम स्वीकृतिका लागि पेश गर्ने अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ।

महिला, बालबालिका तथा नागरिक उड्ययन मन्त्रालयले पुनस्र्थापना केन्द्र, धर्मशाला लगायतका ठाउँमा रहेका १,५०० भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई १० हजार रुपैयाँ राहत दिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नगद या खाद्य सामग्री दुवै विकल्प खुला राखेर दैनिक ज्याला र मजदूरी गर्नेलाई राहतको प्रस्ताव गर्न लागेको अर्थ मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
कोरोना भाइरसका कारण लकडाउन भएपछि सबै उद्यम व्यवसाय बन्द भएका छन् र दैनिक ज्यालादारी गर्नेहरु यसको मारमा परेका छन् ।

सरकारले उनीहरुलाई राहत दिने कुनै व्यवस्था नै नगरेको भनेर आलोचना भैरहेको छ ।
सरकारलाई अर्थतन्त्र पुनस्र्थापनाका लागि पनि राहतका कार्यक्रम घोषणा गर्न दबाब परिरहेको छ ।

सरकारको ट्रेजरी २ खर्ब ४० अर्ब रुपैयाँ धनात्मक छ ।

सरकारले विभिन्न आयोजनामा काम हुन नसकेको पैसा अर्थतन्त्रको पुनस्र्थापनाका लागि लगाउने भएको छ ।

कोरोनाको अर्अथतन्र्थत्मरमा पर्न्त्रीने प्रभावका बारेमा अघ्ययन गर्न अर्थ मन्त्रालयले छुट्टै संयन्त्र बनाएको थियो।

त्यसै रिपोर्टका आधारमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको प्रत्यक्ष मार व्यहोरिरहेका पर्यटन क्षेत्र, व्यापार, उत्पादन तथा रोजगारी सिर्जनाका लागि सरकारलको तर्फबाट विभिन्न कार्यक्रमहरु ल्याउने लागेका हुन्।

सरकारको राहत प्याकेजमा हिलो प्राथमिकतामा दैनिक ज्याला मजदूरी गर्नेलाई स्थानीय तहमार्फत् राहत दिने र ठूला कार्यक्रमसहित अर्थतन्त्र पुनस्र्थापना गर्ने रहेको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ।  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ