मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनकारी विवेक : जसले विपन्न परिवारलाई खाद्यान्न वितरण गरे


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 632
    SHARES

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिका–१६ एकलटारमा बस्दै आएका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

न्यूरोडमा व्यवसाय गर्दै आउनुभएका विवेक शर्माले आज नागार्जुन एकलटार पुगेर खानाको अभावमा बसेका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो ।

उहाँले तीन÷तीन जनाको पाँच परिवारलाई प्रति परिवार दश किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नुन, आधा लिटर तेल, दुई किलोग्राम आलु र एक पुरिया ठूलो साबुन वितरण गर्नुभयो ।

शर्माले ‘मिसन अन्नपूर्ण’ भन्ने अभियानमार्फत उनीहरुलाई सहयोग गर्नुभएको हो । “खानाको अभावले कोहीपनि नेपाली भोकभोकै नमरोस् भन्ने उदेश्यले अभियान सञ्चालन गरेको हुँ,”–उहाँले भन्नुभयो । उहाँले काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने जोकोही खानाको अभाव भए फोन गर्न आग्रह समेत गर्नुभएको छ ।

विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते विहानदेखि १८ गते साँझसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदूरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)