शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उत्तरगया गाउँपालिकाद्धारा निःशुल्क एम्बुलेन्स सेवा संचालन


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 453
    SHARES

रसुवाको उत्तरगया गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर राख्दै देश नै लकडाउन गरिएसँगै बिरामीलाई अस्पतालसम्म पुर्याउनका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो ।

देश लकडाउन रहेको अवस्थामा नागरिकको स्वास्थ्य सम्बेदनशिलतालाई ध्यानमा राख्दै गाउँपालिकाका बासिन्दालाई निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । ‘बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण देश लकडाउनको अवस्थामा रहेको छ, उनले भने, यो अवस्थामा बिरामीलाई अस्पताल आवतजावत गर्न कठिनाई हुने अवस्थालाई मध्यनजर राख्दै गाउँपालिकाबाट संचालनमा रहेको एम्बुलेन्स निःशुल्क उपलब्ध गराएका हौ, ।’

यस संक्रमणको अन्त्य नभएसम्म गाउँपालिका भरिका बिरामीलाई नेपालको जुनसुकै स्थानमा लैजानका लागि पनि निःशुल्क एम्बुलेन्स उपलब्ध गराइएको लम्सालले बताए ।

कोरोनाका आशंका, संक्रमण तथा अन्य कारण बिरामी भई एम्बुलेन्स आवश्यक परेमा सम्बन्धित निकायलाई सम्पर्क गर्न समेत लम्सालले सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }