शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाका नखोल्न टिमुरे वडा कार्यालयद्धारा रसुवा प्रशासनको ध्यानाकर्षण (पत्रसहित)


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 1.2K
    SHARES

चीनसँगको उत्तरी नाका रसुवागढी संचालनमा नल्याउन रसुवाको गोसाइँकुण्ड गाउँपालिका २  नम्बर वडा कार्यालय टिमुरेले जिल्ला प्रशासन कार्यालय रसुवाको ध्यानाकर्षण गराएको छ । सोमबार टिमुरेमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई वडाध्यक्ष दावा तामाङले नाका संचालनमा नल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सरकारले एकातिर देश लकडाउन गर्ने र अर्कोतिर अन्तराष्ट्रिय नाका रसुवागढी संचालनमा ल्याउने निर्णयले जनतामा आतङ्क सिर्जना गरेको भन्दै वडाध्यक्ष तामाङले आपत्ति जनाए ।

सरकारले कोरोना भाइरस रोकथाम गर्ने तिर भन्दा संक्रमण फैलाउने तर्फ अग्रसर भएको समेत उनले बताए । चीनबाट सुरु भएको कोरोना संक्रमण बिश्यव्यापी रुपमा फैलिएको र रसुवागढी नाका उच्च जोखिममा रहेको भन्दै सरकारले नाका खोल्ने निर्णय फिर्ता लिनुपर्ने समेत उनले बताए ।

कोरोना भाइरसको महामारी नियन्त्रण नहुन्जेल रसुवागढी नाका तथा वडा क्षेत्रमा आवतजावत नगर्न समेत उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }