बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस तथा कोभिड १९ संक्रमणको जोखिम बढेसँगै रसुवा प्रबेशद्धार बेत्रावती स्थित प्रहरी चौकि र हेल्थ डेक्समा भीड रोक्न दुरी कायम गरिएको छ । पास लिएका व्यक्तिहरुको आवतजावत बढ्दा प्रहरी चौकि र हेल्थ डेक्समा भिडभाड हुन थालेपछि दुरी कायम गरिएको हो ।
रसुवा प्रबेश गर्ने नाका भएको र मानिसको बढि भिडभाड हुन थालेपछि लाइन बस्ने स्थानमा रेखांकन गरि गोलो घेरा लगाइएको हेल्थ डेक्समा रहेका स्काउट गणेश श्रेष्ठले बताए ।
‘जिल्ला भन्दा बाहिर रहेका मजदुरहरु जिल्ला फर्किराखेका छन्, त्यसैगरि पास लिएर अत्यावश्यक कामका लागि हिडेका व्यक्तिहरुको आवतजावत बढेको र प्रह्री चौकि र हेल्थ डेक्समा भिडभाड बढ्नथालेपछि गोलो घेरा बनाइ दुरी कायम गरिएको छ, उनले भने, गालो घेरामा बसेर आफनो पालो अनुसार चेकजाँच गर्नुहुन्छ, ।
रेखांकन पछि भिड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने समेत उनले बताए ।
