मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिमानामा अलपत्र परेका ५ सय ५७ नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 495
    SHARES

भारतीय नाका धार्चुलामा फसेका ५ सय ५७ नेपालीलाई भारतीय सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ ।

आफ्नो देशमा फर्किन पाउनुपर्ने मागसहित तीन दिनदेखि आन्दोलनरत नेपालीलाई भारतले दुबै देशबीच अर्को सहमति नहुँदासम्म भारतीय क्षेत्रमा तीन ठाउँमा क्वारेन्टाइनमा राख्ने भएको हो।

भारतको धार्चुला प्रशासनले महाकाली नदी किनारमा रहेको गौशाला भवन र फायरब्रिगेडको गल्लीमा रहेको नयाँ भवनमा राख्ने बताएको छ ।

पैदल हिडेर स्वदेश प्रवेशका लागि सीमामा आइपुगेका नेपालीहरुलाई स्थानीय सरकारले माथिको आदेश भन्दै सिमानामै रोकेको थियो । नेपाल प्रवेश गर्न नपाएपनि उनीहरुले सरकार विरुघ्द नाराबाजी समेत गरेका थिए ।

भारतका होटलहरुमा बस्न र खान नदिएपछि बाध्य भएर काम छोडेर फर्किनु परेको नेपालीहरुले बताएका छन् ।

कोरोनाको संक्रमण फैलिएपछि भारत सरकार र राज्य सरकारले लकडाउन गरेका छन् भने नेपालमा पनि लकडाउन भएकाले उनीहरु प्रवेश गर्न नपाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)