कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालमा भर्ना भएर उपचारका क्रममा मृत्यु भएका व्यक्ति र वीर अस्पतालमा सोमबार उपचारकै क्रममा मृत्यु भएकी एक महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।
धादिङको खनियाँ गाउँपालिका- ४ का ३५ वर्षीय पुरुष पाटन अस्कोपतालमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उनको स्वाब (नमूना) परीक्षणका लागि पठाइएको थियो ।
तर रिपोर्टमा कोरोना भाइरस नेगेटिभ अर्थात् संक्रमण नभएको देखिएको अस्पताल स्रोतले जनाएको छ।
चैत १३ गते भारतबाट फर्किएका ती पुरूषमा उच्च तापक्रम देखिपछि आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसै गरी , वीर अस्पतालमा सोमबार उपचारकै क्रममा मृत्यु भएकी एक महिलाको रिपोर्टमा पनि काेराेना नभेटिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
काठमाण्डौँ चन्द्रगिरीस्थित सतुंगलकी ३४ वर्षीया महिलामा निमोनियाको लक्षण देखिएपछि आइतबार वीर अस्पतालमा भर्ना गरिएको थियो ।
मृत्यु भएपछि कोरोना संक्रमणको आशंका निवारण गर्न उनको स्वाब पनि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । मंगलबार प्राप्त उनको रिपोर्ट पनि कोरोना संक्रमण नदेखिएको अस्पताललर् जनाएको छ।
