मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साना किसान लघुवित्त द्धारा कोरोना रोकथाम कोषमा १० लाख सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 725
    SHARES

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस  को रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जानकारी दिएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस विरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् । कोरोनाका सम्भावित संक्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ ।
कोरोना संक्रमण नेपालमा पनि भित्रिसकेको अवस्थामा आम नागरिकलाई संक्रमणबाट बचाउन, संक्रमणको नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि आवश्यक पर्ने आर्थिक संकलनका लागि सरकारले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)