सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुरुपयोग बढेपछि रसुवा प्रशासनबाट पास बितरण बन्द


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 875
    SHARES

जिल्ला प्रशासन कार्यालय रसुवाबाट जारी हुने सवारी पास बन्द गरिएको छ । पासको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले जारी गर्ने सवारी पास बन्द गरेको हो ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइले बिज्ञप्ति जारी गर्दै बुधबारदेखि पास बितरण बन्द हुने जनाएकि छिन् ।

कार्यालयबाट जारी भइरहेको सबै किसिमको सवारी पास अर्को सुचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनले भने, दिनहुँ सवारी पासको माग बढीरहेको र अत्यावश्यक काम भन्दा सामान्य कामको लागि पासको माग बढी आएकाले र लकडाउनलाइ पुर्ण कार्यान्वयनका लागि पनि केहि समयसम्मका लागि पास बन्द गरीएको हो, ।

त्यस्तै अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालवाहक सवारी साधनहरु र अत्यावश्यक सेवामा कार्यरत जनशक्ति आवागमन गर्दा सवारी पास आवश्यक नपर्ने समेत उनले बताए ।

चैत ११ देखि १८ गतेसम्म कार्यालयले १ सय ३ वटा सवारी पास जारी गरेको जनाएको छ । जसमा ३५ वटा मोटरसाइकल, ३७ वटा ट्रक र ३१ वटा चारपाङ्ग्र सवारी साधन रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)