शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यक्तिगत सुरक्षा उपकरण लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री  तत्काल सबै स्थानमा पुर्याउन काँग्रेस सभापति देउवाको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १८, २०७६
  • 746
    SHARES

नेपाली काँग्रेसका  सभापति  शेर बहादुर देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आब्हान गरेका छन्।

मंगलबार एक अपिलमार्फत सभापति देउवाले स्वास्थ्यकर्मीको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिनेमा नेपालभरिका स्वास्थ्यकर्मीप्रति सबै नेपालीको गहिरो भावनात्मक स्नेह र साथ रहेकोे स्मरण गराएका छन् ।

लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा अपिल गर्दै सभापति देउवाले

व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) लगायत अत्यावश्यक सामग्री  तत्काल सबै स्थानमा पुर्याउन अपिल गरेका छन् ।

सरकारले ल्याएको राहत प्याकेज एक हदसम्म सकारात्मक भए पनि यो पर्याप्त छैन भन्दै सभापति देउवाले ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले व्यवसायीको ऋणको ब्याज घटाएर राज्यले प्रतिकूलतामा राहत अनुभूति गराउनुपर्ने बताए।

२० लाखसम्म ऋण लिएर व्यवसाय गरिरहेका साना व्यवसायीका हकमा तीन महिनासम्मको ब्याज मिनाहा नै गर्न म फेरि पनि सरकारलाई अपिल गर्दछु देउवाले  अपिलमा उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)