शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

परोपकारी भवनाको विकास गरी प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन काँग्रस नेता जोशीको अपिल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २५, २०७६
  • 1.0K
    SHARES
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गणेशमान सिंह अघ्ययन प्रतिष्ठानका अघ्यक्ष नविन्द्रराज जोशीले चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन प्रजातन्त्र पुनर्स्थापना दिवसलाई  हुनेले नहुनेलाई  सहयोग गरेर मनाउन अपिल गरेका छन्।
 
नविन्द्रराज जोशीले आज एक अपिल जारी गर्दै प्रजान्त्रिक व्यवस्था मान्ने तथा जनआन्दोलन २०४६का सर्वोच्च  कमाण्डर वीर गणेशमान सिंहका अनुयायीहरुले दिनदुखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आह्वान गरेका छन् ।
 जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर ,वीर  गणेशमान सिंहले परोपकार र निस्वार्थ सेवानै राजनीतिकर्मीको धर्म हो र त्यो धर्म सबैले पालना गर्नुपर्छ भनेर भन्ने गरेको स्मरण  समेत गरेका छन्।
वीर  गणेशमान सिंहको वचनलाई चिरायुत्व दिन सबैमा परोपकारि भावनाको विकास गर्न समेत  गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष  जोशीले  आग्रह समेत  गरेका छन् । साथै कोरना बिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै ,सरकार र विश्वस्वास्थ्य संगठनको आचारसंहिता पालना गर्न समेत जोशीले सबैमा आह्वान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }