शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लक डाउनको १६ औं दिन


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 564
    SHARES

नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लक डाउन आज १६ औं दिन पनि जारी रहेको छ ।

चैत ११ गते विहान ६ बजेबाट लागु हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लक डाउनको अवधि सरकारले तेस्रो पटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ ।

विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा देखिएपछि जारी गरिएको लक डाउन पछि उपत्यका सुनसान बनेको छ । मुख्यगरी काठमाडौं उपत्यकाका भिडभाड हुने बजारहरु बन्द रहेका छन् ।

असन बजार, न्यूरोड, ठमेल लगायतका मुख्य भिडभाड हुने बजारहरु बन्द रहेका छन् । यसैगरी बसपार्कहरु समेत सुनसान देखिएका छन् । बजार मात्रै होइन मन्दिरहरु समेत बन्द रहेका छन् ।

सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् । लक डाउनमा कडाई गरिएपनि तरकारी पसल र खाद्य पसलहरुमा अनावश्यक भिड हुने गरेको पाइन्छ । लक डाउन उलंघन गर्दै सडकमा जथाभावि हिड्नेहरुको संख्या बढेपछि प्रहरीले केही समय ‘होल्ड’ गरेर राख्ने नीति लिएको थियो ।

पछिल्लो समय प्रहरीले माइकिङ गरेर जनचेतना फैलाइरहेका छन् । प्रहरीले लक डाउनको उलंघन गर्नेहरुको संख्या बढेपछि अझ कडा कारवाहीको नीति लिएको छ ।

अत्याश्वयक सवारीहरु (एम्बुलेन्स, सुरक्षाकर्मी, पानी बोक्ने ट्याङ्कर, खाद्यान्न ढुवानी गर्ने सवारी र सञ्चारमाध्यमका सवारी) बाहेक चलेका छैनन् । उपत्यका सुनसान देखिएको छ । साँझपख तरकारी पसल र केही खाद्य पसल खुल्ने गरेका छन् ।

लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई भने समस्या भएको छ । सरकारले स्थानीय तहहरुसँग समन्वय गरेर राहत विरतण भइरहेको बताएपनि उनीहरु सन्तुष्ट छैनन् ।

नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लड डाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लक डाउन थप गरेको छ ।

सरकारले दोस्रो पटक २५ गतेसम्मका लागि समय थप गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख ३ गतेसम्म लक डाउनको अवधि थपेको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घएर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ । अहिलेसम्म २ हजार १ सय २२ जनामा परीक्षण गरिएको छ । १ सय जना आइसोलेसनमा छन् ।

न्यूज ऐजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }