रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा किटनासक औषधी छर्किन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामलाई न्युनिकरण गर्न गोसाइँकुण्ड गाउँपालिकाले गाउँपालिकाभरि किटनासक औषधी छर्कन सुरु गरेको हो ।
मंगलबार गाउँपालिकाको वडा नम्बर ५ स्याफ्रु बजारमा किटनासक औषधी छर्किएसँगै गाउँपालिका भरि किटनासक औषधी छर्कन सुरु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए । हाम्रो स्वास्थ्य शाखाले वडा कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनासँगको साझेदारीमा गाउँपालिकाको ६ वटै वडामा किटनासक औषधी छर्कन सुरु गरेका छौँ, ।
बुधबार सदरमुकाम धुन्चेमा समेत किटनाशक औषधी छर्किएको छ । अत्यावश्यक सामग्री किनमेल गर्ने पसल, क्वारेन्टाइन, हेल्प डेक्स, बजार क्षेत्र लगायतका स्थानमा किटनासक औषधी छर्किएको समेत उनले बताए ।
केहि दिन भित्रमै गाउँपालिकाको ६ वटै वडामा किटनासक औषधी छर्किने जनाइएको छ । प्रदुषण निवारण अर्थात किटाणु मार्न प्रयोग गरिने यो औषधी अहिलेको समयमा पनि सान्दर्भिक हुने बताइएको छ ।
