सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घर हिडेका मजदुरलाई राहत दिई कार्यस्थलमै फर्काइयो


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २६, २०७६
  • 801
    SHARES

लकडाउनको समयमा घर फर्कन लागेका ओखलढुङ्गा र खोटाङका मजदुरलाई गोसाइँकुण्ड गाउँपालिकाले राहत प्रदान गरि कार्यस्थलमै फर्काएको छ । चैत २५ गते लकडाउन सकिने र घर जाने भनि सोमबार लाङटाङबाट स्याफ्रुबेशी आएका १७ जना मजदुरलाई गाउँपालिकाले राहत प्रदान गरि पुन कार्यस्थलमै फर्काएको हो ।

सोमबार साँझ स्याफ्रुबेशी आइपुगेका उनीहरुलाई गाउँपालिकाले खाना तथा बासको व्यवस्था गरेको थियो । चैत २५ गते लकडाउन सकिने भएपनि सरकारले बैशाख ३ गतेसम्म लकडाउन थप गरेसँगै मंगलबार उनीहरुलाई बैशाख ३ गते सम्मलाई पुगे राहत बितरण गरि पुन कार्यस्थलमै फर्काइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देविलाल सापकोटाले बताए ।

‘लामो समयदेखि लाङटाङ क्षेत्रमा ज्यालादारी काम गर्दै आउनुभएको उहाँहरु चैत को २५ गते लकडाउन सकिने एपछि घर फर्कनका लागि सोमबार साँझ स्याफ्रुबेशी आइपुग्नुभएको थियो, उहाँहरुलाई गाउँपालिकालेनै खाना बासको व्यवस्था गरेका थियौ उनले भने, बैशाख ३ गतेसम्म पुन लकडाउन थपिएको र आवातजावतमा कडाई गरेको हुनाले ३ गतेसम्मलाई पुग्ने खाद्यान्न बितरण गरि पुन उहाँँहरु जुन ठाउँमा काम गर्नुभएको थियो त्यहि ठाउँमा फर्कायौ, ।’

प्रतिव्यक्ति ५ किलो चामल, आधा लिटर तेल, आधा किलो चिनी, आधा किलो दाल, साबुन एउटा र नुन आधा पाकेट प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)