सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् स्वास्थ्य मन्त्रालय


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 515
    SHARES

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन् ।

आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । ती सबै परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) नेगेटिभ भएको पाइएको छ ।

गत शनिबार सम्म कुल १ हजार ४ सय ४१ परीक्षण हुँदा ९ जनामा संक्रमण देखिएको थियो । जस मध्ये एक जनालाई निको भइसकेको छ । शनिबार एकैदिन ३ जनामा संक्रमण भएको विवरण सार्वजनिक गरिएको थियो ।

तर बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सममेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार यता कुनैपनि परिक्षणमा संक्रमण नभेटिएको बताउनुभयो । उहाँले बिहीबार सम्म कुल २ हजार ८ सय ९५ परीक्षण भइसकेको बताउनुभयो । जसमध्ये उपत्यकामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ परीक्षण भएको छ ।

त्यस बाहेक आज थप १ सय ९३ परीक्षण भइरहेको उहाँले बताउनुभयो । उहाँले बिहीबार गरिएका परीक्षण सम्पन्न भएपछि कुल परीक्षण तीन हजार नाघ्ने बताउनुभयो । त्यस्तै कैलाली र कञ्चनपुरबाट गरिएका ६६ वटा परीक्षणको कोरोना भाइरसको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

प्रवक्ता देवकोटाले परीक्षणको दायरा बढाउन प्रत्येक प्रदेशमा पाँच हजारका दरले र्यापिड टेस्ट किट पठाएको बताउनुभयो । यस्तै अहिलेसम्म क्वारेन्टाइनमा रहेका व्यक्तिहरु कुल ७ हजार ९ सय ४० जना रहेको उहाँले बताउनुभयो । प्रवक्ता देवकोटाले उपत्यकामा १८ जना र उपत्यका बाहीर ९९ जना गरी कुल १ सय १७ जना आइसोलेसनमा रहेको बताउनुभयो ।

बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीहरुलाई आरडिटी सम्बन्धी तालिम दिने काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । उहाँले कल सेन्टरमा आएका ३ हजार ३ सय ९५ जिज्ञासालाई सम्बोधन गरेको समेत बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)