बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा दीर्घ रोगीलाई गाउँमै औषधी उपलब्ध हुने व्यवस्था मिलाइने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २८, २०७६
  • 626
    SHARES

रसुवाको उत्तरगया गाउँपालिकाले गाउँपालिकाभरिका दीर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधी गाउँमै उपलब्ध हुने व्यवस्था मिलाउने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएसँगै नागरिकहरु घर बाहिर निस्कन नपाउने र नजिकैको फार्मेसीमा आवश्यक पर्दा नपाइने हुदाँ गाउँपालिकाले दीर्घ रोगीहरुले नियमित सेवन गर्ने औषधी गाउँमै उपलब्ध गराउन व्यवस्थापन गर्ने भएको हो ।

लकडाउन अझै लम्बिन सक्ने र लामो दुरीको यात्रा असहज हुने भएकाले नियमित औषधी सेबन गर्नुपर्ने तथा दीर्घ रोगले ग्रसित बिरामीले सेवन गर्ने औषधीको गाउँपालिकाले व्यवस्थापन गर्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

‘लकडाउन अझै लम्बिदै जानसक्ने अवस्था छ, त्यस कारण अत्यावश्यक कुनै कारणले लामो दुरीको यात्रा गर्न समेत असहज हुनेछ, उनले भने, त्यसैले जो जसले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने र गर्दै आउनुभएको छ, जुन काठमाण्डौमा मात्र पाइने औषधीहरु पनि छन्, ती औषधी बेत्रावती, त्रिशुलीका फार्मेसीहरुमा उपलव्ध नहुन सक्छ, त्यसैले गाउँपालिकाले सहजै रुपमा खरिद गर्न सक्ने गरि व्यवस्थापन गराउन लागेका हौ, । ’

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र ठकुरीलाई आफुले नियमित सेवन गर्दै आएको औषधी टिपाउन अध्यक्ष लम्सालले शुक्रबार आफनो फेसबुक मार्फत सबैलाई अनुरोध गरेका छन् ।
गाउँपालिका मार्फत माग भएका औषधी बेत्रावती फार्मेसीबाट खरीद गरि लिन सक्ने व्यबस्थापन गरिने समेत उनले बताए ।

लकडाउनको नियमलाई पुर्ण रुपले पालना गर्न र नागरिकले पाउनु पर्ने अत्याबस्यक स्वास्थ्य सेवामा सहजीकरणको लागि यस्ता खालका कार्य अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }