बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम 


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 752
    SHARES

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ ।

काठमाण्डौ महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारी मार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाउने भनिएको थियो । तर निर्णय भएको ५ दिन वितिसक्दा पनि सबै स्थानमा महानगरले तरकारी बिक्रीको प्रबन्ध मिलाउन सकेको छैन ।

हाल तरकारी बिक्री भईरहेका कलंकी र स्वयम्भुको तरकारी बजार पनि व्यवस्थित छैन । कालीमाटी तरकारी बजारमा हुने भीडभाड नियन्त्रणका लागि महानगरले लिएरको निर्णय राम्रो भएपनि तोकिएका अस्थायी बजार व्यवस्थापन फितलो देखिएपछि कोरोना संक्रमणको जोखिम बढेको हो ।

तरकारी व्यापारीले महानगरले तोकेको स्थानभन्दा बाहिर रोडमै बसेर पनि तरकारी बिक्रि गरिरहेका थिए । कालिमाटी तरकारी बजार बाट कलंकी जाने रोडको ठाउँ ठाउँमा व्यापारीले अव्यवस्थित रुपमा तरकारी बेचिरहेका थिए ।

आईतबार बिहान कंलकी तरकारी बजार पुग्दा झुण्ड झुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए । सामाजिक दुरी कायम गर्ने विषयलाई पुरै नजरअन्दाज गरिएको थियो । बिक्रेताले धमाधम तरकारी बेचिरहेका थिए भने उपभोक्ताले पनि भीडभाडमा नै बसेर तरकारी किनिरहेका थिए । तरकारी बजार भरी न त साबुन पानी कतै राखिएको थियो न त स्यानिटाईजर । केहीले मास्क लगाएका थिए ।

स्वयम्भु स्थित अर्को अस्थायी तरकारी बजारको अवस्था पनि उस्तै थियो । न त सामाजिक दुरी कायम गर्ने विषयलाई पालना गराईएको थियो नत अन्य सर्तकताका विषय नै सचेत गराईएको थियो । फोहोर थुपार्ने गरेको स्थान नजिकै तरकारी विक्रि वितरण भईरहेको थियो ।

जोखिम बढाएको काटीमाटी तरकारी बजार प्रवेशद्वारमा नै साबुन पानी र स्यानिटाईजर राख्ने गरिन्थ्यो । तर कालीमाटीमा जोखिम बढ्यो भनेर महानगरले अन्यन्त्र सारेर सुरक्षित बनाएको भनिएको तरकारी बजारको अवस्था झनै नाजुक देखियो ।

अर्को स्थान बनस्थली मा भने सामाजिक दुरी कायम गराईएको थियो । बनस्थलीमा एउटा मात्रै तरकारी बोक्ने गाडीबाट सामान झिकेर दुरी कायम गर्दै पालै पालो विक्रि वितरणको व्यवस्था मिलाईएको थियो । सुरक्षाकर्मीले सामाजिक दुरी कायम गराउन सहयोग पनि गरिरहेका थिए ।

अस्थायी तरकारी बजारको रुपमा रहेका कलंकी चोक र स्वयम्भु चोकका तरकारी बजारमा उपभोक्ताको भीडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति द्वारा सञ्चालित कालिमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ताको भीड लागेको भन्दै महानगरले बैकल्पिक तरकारी बजारको रुपमा खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायत ११ स्थानमा तरकारी बिक्रिको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)