आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा एमालेका छ जना मन्त्रीले आज संयुक्त राजीनामा बुझाउँने


  • माउन्टेन खबर
  • बुधबार, साउन ६, २०८३
  • 48
    SHARES

 काठमाडौँ – बागमती प्रदेशमा नेकपा एमाले सरकारबाट सरकारमा सहभागि भएका छ जना मन्त्रीले आज राजीनामा बुझाउँने भएका छन् । निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार, सबै मन्त्रीले बुधवार बिहान १० वजे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउँन लागेका हुन्।

 

नेपाली कांग्रेस र नेकपा एमालेबीच दुरी बढेपछि कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिन लागेको हो । हाल बागमती सरकारमा एमालेका छ जना मन्त्री छन्। जसमा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा रहेका छन्।

प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरेपछि यसअघिका स्वास्स्थ मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी साउन १ गतेदेखि विनाविभागीय बनेका थिए। एमालेले राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

सबै प्रदेशमा नयाँ सत्ता गठबन्धन गर्न नेकपा एमाले र नेकपा सहमति नजिक पुगिसकेका छन् । यधपी कुन प्रदेशमा कसले नेतृत्व गर्ने र अर्को दलले कुन कुन मन्त्रायल लिने भन्ने टुंगो लाग्न बाँकी रहेको  निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)