शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गरौं’ ज्ञानेन्द्र शाह


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 548
    SHARES

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्नुपर्ने बताएका छन् । उनले निषेध गरेर जाने सोचको आयु समाप्त भईसकेकाले अब राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्दै जानुपर्ने बताएका हुन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै शाहले कोराना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न सबैले सजगतासँगै एकता आवश्यक भएको बताए । ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं’, सन्देशमा उनले भनेका छन् ।

पुर्खाले अनादीकालदेखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस विश्व जगतले गरेको समेत उनको सन्देशमा उल्लेख छ । पूर्व राजा शाहले आफ्नो सन्देशमा भनेका छन, ‘हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ ।’

यही जगमा उभिएर समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता गर्नुपर्नेमा उनले जोड दिएका छन् । पूर्वराजा शाहले मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता सबै नेपालीलाई मिलोस् भनेर कामना समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }