बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यूरोप कोरोना भाइरस सङ्क्रमणको नयाँ केन्द्रविन्दू बनेको विश्व स्वास्थ्य संगठनको भनाइ


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 695
    SHARES

विश्व स्वास्थ्य संगठनले यूरोप महादेश कोरोना भाइरस कोभिड-नाइन्टिनको महामारीको नयाँ केन्द्र विन्दू बनेको बताएको छ।भाइरसको उद्गमस्थल चीनमा घट्दैगएको सङ्क्रमण यूरोपका विभिन्न मुलुकहरुमा बढ्दै गएपछि स्वास्थ्य संगठनले महादेशलाई महामारीको नयाँ केन्द्र विन्दू  बताएको हो।

संगठनका प्रमुख डाक्टर टेडरस एडहानोमले नियन्त्रणको आक्रामक उपाय अवलम्वन गर्न सबै यूरोपली मुलुकहरुलाई अनुरोध पनि गर्नुभएकोछ।यूरोपका इटली, स्पेनल गायतका देशहरुमा सङक्रमण तिब्ररुपमा बढ्दै गएपछि स्वास्थ्य संगठनले त्यस्तो बताएको हो। इटलीमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै २५० जनाको मृत्यु भएको छ ।

त्यहाँ हालसम्म १२ सय ६६ जनाको मृत्यु भइसेको छ । स्पेनमा १२० जनाको मृत्यु भएको छ । अन्य मुलुकहरुमा पनि सङ्क्रमण फैलने क्रम बढेपछि सतर्कता बढाइएको छ । स्वास्थ्य संगठनका अनुसार विश्वभर १२३ मुलुकमा १ लाख ३२ हजार पाँच सय जनामा कोरोनाको सङ्क्रमण भएको छ । ती मध्ये पाँच हजार बढीको मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }