
भारतमा लकडाउन १९ दिन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म लकडाउन लब्याएको घोषणा गरेका हुन् ।
मोदीले विभिन्न दुःखका बीच २१ दिने लकडाउनलाई सफल बनाउन मद्धत गरेको तथा एक अनुशासित सिपाहीले जसरी कर्तव्य निभाएको भन्दै भारतीय जनताप्रति आदरपूर्वक नमन गरेका छन् । भारतमा अहिले सम्म १० हजार ४९३ संक्रमित छन् भने ३५८ जनाको ज्यान गएको छ ।