कोभिड-१९ को प्रभावका कारण दक्षिण एशियाको अर्थतन्त्र ४० बर्ष यताकै खराव अवस्थामा पुग्ने विश्व बैंकले बताएको छ ।
बैंकले यस क्षेत्रको आर्थिक बृद्धि २.८ प्रतिशत सम्मले घट्ने बताउदै देशहरुलेआर्थिक मन्दीको सामना गर्नुपर्ने पनि उल्लेख गरेकोछ ।
दक्षिण एशियामा व्याप्त रहेको गरिवी हटाउने दिशामा यस क्षेत्रका मुलुकहरुले विगत एक दशक देखि हासिल गरिरहेको प्रगतिमा स्वास्थ्य महामारीले निकै ठूलो चूनौती शृजना गरेको पनि विश्व बैंकले जनाएको छ ।
दक्षिण एशियाली मुलुक भारत, पाकिस्तान, बंगलादेश रश्रीलंकामा कोभिड संक्रमण र मृत्यु हुनेको संख्या बढ्दै जाँदा ती मुलुकहरुको अर्थतन्त्र प्रभावित हुने अनुमानमा विश्व बैंकले त्यस्तो प्रक्षेपण गरेको हो ।
१ अर्व ८० करोड जनसंख्या रहेको यस क्षेत्रमा कोरोनाका कारण पर्यटन व्यवसाय धरासायी भएको, आपूर्ती व्यवस्था प्रभावित भएको, गार्मेन्ट उत्पादनको माग ओरालो लागेको र लगानीकर्ता एवम् उपभोक्ता दुबै हतोत्साहित देखिएका कारण त्यसको प्रत्यक्ष मार अर्थतन्त्रमा पर्ने विश्व बैंकले जनाएको छ ।
संभावित आर्थिक चूनौती कम गर्न विशेष योजना र त्यसको सतर्कतापूर्ण कार्यान्वयन हुनुपर्नेमा बैंकले जोड दिएको छ ।।
