शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्प व्दारा राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाबाट हटाउने निर्देशन जारी


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 810
    SHARES

कोभिड१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने भएका छन । लकडाउन हटाउन उनले राज्यका गभर्नरहरूलाई निर्देशन दिएका छन्।

उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए। ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आफ्नो राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन्।

यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए।

सङ्घीय सरकारको साथ

ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए। अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

कोरोनाभाइरस सङ्क्रमित र त्यसकै कारण मृत्यु हुनेको सङ्ख्या अमेरिकामा विश्वकै उच्च छ। बिहीवार पत्रकारहरूलाई जानकारी दिने क्रममा उनले भने, अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्।

देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान होइन। उनले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताए।बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)