शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बन्द उद्योग खुलाउने तयारीमा सरकार


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ९, २०७७
  • 667
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन गरिएको लकडाउनका कारण आर्थिक गतिविधि नै ठप्प हुने अवस्था आएपछि सरकारले बन्द उद्योग खुलाउने तयारी गरेको छ ।

एक महिनाको लकडाउनमा मौज्दात सामग्रीले बजारको माग थेगिरहेको र अब पनि उद्योग नखोल्ने हो भने आपूर्तिमा गम्भीर समस्या आउने तथा अर्थतन्त्रमा गम्भिर धक्का पुग्ने सरकारी आंकलन छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्यालले अब पनि उद्योग नखुलाउने हो भने आर्थिक गतिविधि नै ठप्प हुने बताए । उनले भने ‘लामो समयसम्म उद्योग धन्दा बन्द हुँदा अर्थतन्त्रको चक्र नै खराब हुने अवस्था आएपछि उद्योग खोल्नुपर्ने पक्षमा सरकार पुगेको हो ।’

आवश्यक सुरक्षाको प्रबन्ध मिलाएर उद्योग खोल्न दिनुपर्ने पक्षमा अर्याल छन् । सामाजिक दूरी कायम गर्ने, सुरक्षाको प्रत्याभूत गर्ने र उद्योगीले सुरक्षाको उपायहरुलाई राम्रोसँग पालना गरे÷नगरेको अनुगमन गर्ने गरी उद्योग खोल्नुपर्ने अर्याल बताउँछन् ।

छिमेकी मुलुकमा पनि कोरोनाको संक्रमण उच्च दरमा फैलिरहेको छ । तर, त्यहाँ सामाजिक दूरी कायम गरेर उद्योग पूर्ण वा आशिंक रुपमा चलाइएको छ । सोमबार मात्रै छिमेकी मुलुक भारतले कृषिलगायत अन्य केही क्षेत्रलाई खुला गर्ने बताएको छ ।

तर, सामाजिक दूरी कायम नगरेको वा सुरक्षाको प्रबन्ध नगरेको पाइएमा तत्काल उद्योग बन्द गर्ने मोदी सरकारले बताएको छ । त्यसैगरी नेपालमा पनि उद्योगधन्दा खुलाउनुपर्ने उद्योगीहरुले बताएका छन् ।

सरकारले सामाजिक दूरी कायम गर्ने हरेक उद्योगलाई सञ्चालन गर्नुपर्ने उद्योगीहरुले बताएका छन् । ‘अब पनि उद्योग नखुलाउने हो भने दैनिक उपभोग्य बस्तुको हाहाकार हुन्छ । आयात घटिरहेको छ । उत्पादन बन्द छ । मौज्दातले कति दिनको माग धान्छ ?’ एक उद्योगीले भने, ‘सरकाले उद्योग खोल्ने विषयमा बिलम्ब गर्न हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }