बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सोमबार जारी भएका अध्यादेशहरु सरकारले गलत नियत राखेर ल्याएकाले तत्काल फिर्ता लिन कांग्रेसको माग


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ९, २०७७
  • 406
    SHARES

सोमबार जारी भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

विश्व कोरोना भाइरससँग लडिरहेका बेला मुल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो । पार्टी सभापति शेरबहादुर देउवानिसा बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार जारी गरेका विधेयकहरु फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

संकटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ । लक डाउनको समयमा पर्याप्त राहत नपाएर मानिसहरु हिँड्दै गाउँ गइरहेको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नुको सट्टा नियोजित रुपमा अध्यादेश ल्याउनु दुःखद भएको प्रवक्ता शर्माले बताउनुभयो । जनताहरु घरभित्रै कष्टकर जीवन विताइरहेको उल्लेख उहाँले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएका फिर्ता लिनुपर्ने बताउनुभयो ।

संवैधानिक निर्णयहरु साझा स्वामित्वबोध हुने र राष्ट्रिय जीवनलाई सहजता प्रदान गर्नेगरी हुनुपर्नेमा बहुमतका आधारमा निर्णय गर्न सकिने विषयलाई कांग्रेसले गम्भिर रुपमा लिएको उहाँले बताउनुभयो । नागरिकको जीवनप्रति गम्भिर हुँदै सबै विषय थाँति राखेर कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्ने अभियानमा लाग्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ । नेपाली कांग्रेसका भातृसंगठनहरुले सरकारको निर्णयविरुद्ध मंगलबार सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्ने प्रवक्ता शर्माले बताउनुभयो । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन र डेमोक्र्याट लयर एसोसिएसनल एउटै समयमा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिस अनुसार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधनं अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यक्षदेश २०७७ जारी गर्नुभएको थियो । सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }