शुक्रबार, अशोज १४, २०७९

कोभिड-१९ को संक्रमणका कारण संसारभर मृत्यु हुनेको संख्या १ लाख ८४ हजार भन्दा बढी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 187
    SHARES

विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमणका कारण संसारभर मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघेको छ । विश्वका २ सय १३ भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या पनि दिनप्रति दिन बढ्दो छ ।

अमेरिका स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या २६ लाख ३८ हजार ९ सय भन्दा बढी रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमै संयुक्त राज्य अमेरिका सबैभन्दा प्रभावित रहेको छ । अमेरिकामा मात्रै गएको २४ घन्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी रहेको छ । अमेरिकामा हालसम्म ८ लाख ४९ हजार भन्दा बढी मानिस भाइरसबाट संक्रमित भइसकेका छन् ।

यसै गरी भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा पनि संयुक्त राज्य अमेरिकामा नै सबैभन्दा बढी रहेका छन् । अमेरिकामा मात्रै ४५ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । संक्रमण फैलने त्रासका कारण विश्वका अधिकांश मुलुक यतिखेर लकडाउनको अवस्थामा छन् । लगातारको लकडाउका कारण दशौं हजार मानिसले रोजगारी गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका स्थायी वासिन्दाको रोजगारीको सुरक्षाका लागि भन्दै २ महिनाका लागि अस्थायी रुपमा ग्रिनकार्ड खारेज गर्ने निर्णय गर्नुभएको छ । कोरोनाबाट प्रभावित इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकमा लकडाउन जारी छ । लकडाउन केही खुकुलो बनाएको अर्को युरोपेली मुलुक जर्मनीमा सार्वजनिक बस लगायतका स्थानमा फेस मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभरीको अर्थव्यवस्थामा नकारात्मक असर परेको छ ।

एसियाली मुलुक सिंगापुरमा ८० प्रतिशतभन्दा बढी कोरोना भाइरसका केसहरु आप्रवासी कामदारका कारण फैलिएको भन्दै त्यहाँको सरकारले  आप्रवासी कामदार फिर्ता गर्ने जनाएको छ । दक्षिण अफ्रिकाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको पालना गराउन ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विश्वमा कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या पनि उल्लेख्य रहेको छ । हालसम्म विश्वमा ७ लाखभन्दा बढी मानिस कोरोना संक्रमणपछि पनि निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ