शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निजी क्षेत्रले सरकारलाई बुझायो अवधारणापत्र


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 430
    SHARES

काठमाडौं । कोरोना भाइरस महामारीले उद्योग व्यवसाय नै सकटमा परेपछि यसलाई बचाउन निजी क्षेत्रका तीनैओटै सङ्गठनहरुले बिहीबार सरकारलाई साझा धारणा बुझाएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सुझावसहितको धारणा मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाएका हुन ।

लामो छलफल गरेर तीन ओटै संस्थाले साझा धारणा बनाएका हुन  । मौद्रीक, श्रम तथा रोजगार, विद्युत क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सुझाव रहेका छन ।

अर्थतन्त्रले गम्भीर मोड लिएपछि निजी क्षेत्रले तयार पारे साझा धारणा, यस्ता छन् बुँदा

वित्तिय नीति मार्फत गरिव, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगारहरुलाई सहयोग गर्न भनिएको छ । नेपालको कूल गाह्रस्र्थ उत्पादन (जीडीपी) को करिव ५ प्रतिशत त्यस्तो क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तान्तरण गर्न निजी क्षेत्रले मागेको छ ।

यसले समग्र मागमा कमी आउन नदिई अर्थ व्यवस्थालाई मन्दीमा जानबाट जोगाउन सकिने अध्ययनले देखाएको जनाईएको छ । यस्तै मौद्रिक नीति मार्फत औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई सहयोग गर्न भनिएको छ ।

यसका लागि सरकारले प्रत्यक्ष लगानी नगरी हाल विद्यमान मौद्रिक नीतिमा केहि हेरफेर गरि तरलताको अभाव हुन नदिन अवधारणामा उल्लेख छ ।

कर्जाको ब्याजलाई ५ प्रतिशतले कम गर्ने र सो नीतिलाई आगामी ३ वर्षसम्म कायम हुने व्यवस्था गरिए उद्योग तथा व्यवसाय बन्द हुनबाट जोगाउन सकिने राय प्रस्तुत गरिएको छ ।

व्यवसाय बन्द रहेको समयमा कारोबार बन्द रहेकोले कर्मचारीको तलव तथा ज्याला भुक्तान गर्न नसक्ने अवस्थामा रहेको समेत मुख्य सचिवको ध्यानाकर्षण गराइएको छ ।

उद्योगले बन्द रहेको अवधिका लागि ५० प्रतिशत ज्याला भुक्तानी गर्न सक्ने र बाँकी ५० प्रतिशत सरकारले अनुदान मार्फत दिनु पर्ने समेत माग रहेको छ ।

सो अवसरमा मुख्य सचिव रेग्मीले अर्थव्यवस्थाको ७० प्रतिशत प्रत्यक्षरुपमा निजी क्षेत्रको योगदान रहेको सरकारले गम्भीर भएर नियाली रहेको बताए ।

‘सरकार निजी क्षेत्रको चाहाना बुझेर त्यस अनुसारनै नीतिहरु तय गरिरहेको छ, उद्योग व्यवसायलाई धरासायी हुन हामी दिदैनौ’ उनले भने ।

नेपालको आर्थिक बृद्धिलाई विगतको जस्तै कायम राख्न नसकिए पनि अन्य मुलुकहरुको तुलनामा तल झर्न नदिने र यसका लागि सरकारले निजी क्षेत्रसंगै सहकार्य गर्न चाहेको समेत उनले बताए ।

आवश्यक उद्योगहरु सञ्चालन गर्न दिनेतर्फ सरकार समारात्मक रहेको बताउँदै  उनले यस विषयमा छिटै निर्णय हुने सक्ने समेत उनले जानकारी दिए ।

छलफलमा महासंघकी अध्यक्ष भवानी राणा, परिसंघका अध्यक्ष सतिशकुमार मोर तथा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत ३ ओटै संस्थाका वरिष्ठ उपाध्यक्षहरु लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }