शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतले थाल्यो कोरोना भाइरसविरुद्धको खोपको मानवीय परीक्षण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 569
    SHARES

एजेन्सी,  बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ ।

परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ ।

त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ । खोप लगाइने व्यक्तिले भने आफूलाई कुन खोप दिइदैछ भन्ने थाहा हुने छैन, चिकित्सकलाई मात्रै यसबारे जानकारी हुनेछ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्न खोप लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै तयार पारेको खोपको मानवीय परीक्षणमा गएको हो ।

उनले व्यक्तिगत रुपमा आफूलाई खोपमा निकै नै आशा रहेको भन्दै त्यसका लागि परीक्षण गरी मानवबाट तथ्यांक लिएर खोपले वास्तवमै काम गर्छ भनेर देखाउनु पर्ने बताइन् ।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि पनि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्धको खोप पनि बनाएको थियो ।

अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास गरेका छन् । कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)