शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समाजवादि पार्टीका असन्तुष्ट सासंद प्रदिप यादव संगको कुराकानी


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 1.3K
    SHARES

 

देश कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको बेला पछिल्लो केही दिन यता नेपाली राजनतीति वृतमा केही कुराहरु चर्चामा आयो । प्रधानमन्त्री ओलीले ल्याउनुभएको राजनीतिक दल सम्बन्धी अध्यादेश, अध्यादेश जारी भइसकेपछिका घटनाक्रम चर्चामा रहे । बुधबार मात्रै राजपा र समाजवादी पार्टी बिच एकताको घोषणा भयो । तर समाजवादी पार्टीका केही सांसदहरु पार्टी विभाजन गर्न लागेको समाचार पनि चर्चामा आयो । सांसद प्रदिप यादवको नाम पनि समाजवादिबाट छुट्टिर जाने भन्ने मै थियो । यसै विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालका सम्वाद्दाताले सांसद यादवसँग गर्नुभएको कुराकानी ।

पछिल्लो समयको राजनीतिक घटनाक्रममा तपाईको नाम अगाडि नै आयो । यसको कारण के हो ?

नाम आउनुको कारण के हो भने पार्टी भित्र असन्तुष्टि हाम्रो थियो । हामी १०÷११ जना असन्तुष्ट सांसदहरुले एउटा समूह बनाएका थियौं ।   पार्टी भित्र हाम्रो विभिन्न ठाउँमा आलोचना भएको छ खासगरी पार्टी नेतृत्वबाट । त्यसलाई कसरी पार्टीलाई नेतृत्वप्रति दवाव दिने पार्टीलाई कसरी सहि ट्रयाकमा ल्याउने, पाटीको नेतृत्वले जिल्लामा गएर अपमानित गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न भनेर समुह बनाएका थियौं।

यसै बिच  सरकारबाट अध्यादेश आयो त्यसबाट हामी चर्चामा आयौं । यस्तै उहाँहरुले पार्टी फुटाउन लाग्दै हुनुहुन्छ भन्ने मिडियामा आयो एकातिर अध्यादेश  आउनु र अर्को तर्फ सरकारबाट यो समाजवादि पार्टीलाई फुटाउनका  अघ्यादेश ल्याएको चर्चाले हामीलाई चर्चित बनायो जस्तो लाय्छ।  तर हामीले पार्टी फुटाउनका निमित्त समूह बनाएका  थिएनौ।

तपाईहरुको पार्टी भित्र असन्तुष्टि थियो भन्नुभयो । यसमा अलि स्पस्ट पारिदिनुहोस न् । पार्टी भित्र कस्तो असन्तुष्टि थियो ?

अप्ठेरो के थियो भने नेतृत्वले कुनैपनि जिल्लाको निर्णय गर्दा जिल्लामा कुनै कार्यक्रम गर्दा, त्यस क्षेत्रमा कार्यक्रम गर्दा सांसदलाई थाहै नहुने, कार्यक्रम भइहाल्ने । मेरो जिल्लामा बाबुराम भट्टराई र तत्कालिन संघिय समाजवादि पार्टीको एकता घोषणा गर्ने कार्यक्रम थियो जिल्लाको त्यहाँ कार्यक्रम भयो, मेरो क्षेत्रमा भएको कार्यक्रम हो । मलाई मेरो नेतृत्वकर्ताले बोल्न पनि मौका दिएन् । म निर्वाचित सांसद, पार्टीको जिल्ला अध्यक्ष बोल्न पनि दिइएन । धेरै सांसदहरुको त्यस्तै पिडा थियो ।

असन्तुष्टि भइरहदा अहिले चर्चामा आएजस्तो पार्टी भन्दा बाहिर अवसरहरु खोजिएको थियो ?

जव हामीमाथि प्रहार भयो नेतृत्व पङ्तीबाट । हामीले डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौं । हाम्रो पिडा सुनायौं कि हाम्रो यो कुरा उपेन्द्र जि लाई लगेर राखिदिनुहोस भन्यौ तर कसैको आँट भएन त्यस कारणले गर्दा हामी विद्रोहमा पुगेका हौं । सही कुरा यहि हो ।

पछिल्लो समय डा. सुरेन्द्र यादवको कुरा आइरहेको छ । अनि केही उहाँका कुराहरुले तपाईलाई पनि छोएको छ । उहाँ व्यक्तिगत रुपमा के हुनुहुन्छ भन्ने कुरा त मिडियामा आएको छ । त्यसमा कति कुरा सत्य छन कति असत्य छन् । अहिले वहाँ कहाँ के गर्दै हुनुहुन्छ ? हिजो सम्म सरकारले वहाँलाई लगेको भन्ने समाचारमा आएको छ । आज दुइदिन भयो वहाँ कहाँ हुनुहुन्छ थाहा छैन् । यसबारे केही जानकारी छ ?

डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । त्यो बेला ओली जि को सरकारले वहाँलाई पदमुक्त ग¥यो । त्यो बेला वहाँ अस्पतालमा भर्ना हुनुहुन्थ्यो । त्यसपछि उहाँलाई धेरै चोट पुग्यो । त्यसपछि हाम्रा अध्यक्ष जी दिल्ली हुनुहुन्थ्यो । दिल्लीबाट नेपाल आउनुभयो उहाँले फोन सम्म पनि गर्नुभएन् । यो कुरा सुरेन्द्र जीले हामीलाई बताउनुभएको थियो कि मलाई पदमुक्त गर्दा केही भन्नुभएन आफु गएर सपथ लिनुभयो ।

त्यो बेलादेखि नै उहाँ असन्तुष्ट हुनुभयो र सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो ।  मेरो बेइजत भयो अपमान भयो पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो कानून मन्त्रिको लागि । वहाँले यी असन्तुष्टि जाहेर गर्दै आउनुभयो ।  हाम्रो जुन असन्तुष्ट समुह बन्यो त्यसको मुख्य पात्र वहाँ नै हुनुहुन्छ ।  लकडाउनको विचमै अध्यादेश जारी भयो र हामी सबै सांसद एकठाँउमा जम्मा भयौं र सल्लाह ग¥यौं कसरी गर्ने, एकदुईजना साथीको कुरा थियो पार्टी फुटाउँ, हामी दुई चार जनाको कुरा थियो पार्टी नफुटाउँ । यसको निकास खोजौं । यो कुरा पनि थियो । डा. साब जिल्ला हुनुहुन्थ्यो । र जिल्ला हुँदा खेरी पूर्व आइजिपीले अपहरण गरेको कुरा आइरहेको छ यो कुरा सरासर हावादारी कुरा हो । साचो कुरा के हो भने उहाँको घरमा उहाँहरु जानुभएको थियो वहाँले बोलाएपछि, मासु भात खुवाउनुभयो । अनि म संग साधन छैन तपाईको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो ।

दोस्रो कुरा कि डा. साब जिल्ला बाट यहाँ आउनुभयो काठमाडौं वहाँ फाइभस्टारमा सुत्नुभएछ । सबैलाई एकएकवटा रुम लिएर अनि बिहान मर्निङ वाल्कमा निस्कनुभएछ । राति जव थाहा भयो कि पार्टीको एकता भयो, जनता समाजवादी पार्टीको उदय भयो र हामीसँग कुरा गर्दा पनि अव पार्टी फुटाउन हामी जाँदैनौं अव मन्त्री पनि बन्दैनौ भन्दै  पार्टीमा हिरो बन्नको लागि , नेताको अगाडि देखाउनको लागि मलाई अपहरणमा पारियो  भनेर प्रचार गर्नु भयो।

अव तपाईहरुको सम्बन्ध पार्टीमा के हुन्छ ? असन्तुष्टिहरु त अझै छन् ? त्यस्तै नयाँ पार्टीले दर्ताका लागि निवेदन पनि दिइसकेको छ । अव कसरी अगाडि बढनुहुन्छ ?

हामी पार्टीको सिपार्ही हौं। हामी पार्टी मै छौं । हामी असन्तुष्ट भएपछि पार्टीको नेतृत्वले हामीलाई सम्पर्क गर्नुभएको छ । उहाँहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र यादवले सम्पर्क गर्नुभयो भने अर्कोतर्फ  राजेन्द्र महतो महेन्द्र यादव लगायतका नेताले हामीलाई सम्पर्क गर्नुभयो । उहाँहरुले देशलाई एउटा बलियो पार्टी दिउँ, जनताको सेवा गरौं, नयाँ पार्टी बनाउँ नयाँ तरिकाबाट जाउँ भन्ने उहाँहरुको कुरा आयो । हामी पनि सहकार्य गर्न तयार भयौं र हिजो एकचरणको छलफल भयो । तत्कालिन समाजवादि पार्टीका सबै नेताहरु र सांसदहरुको छलफल भयो । उहाँहरुले आफ्नो गल्ति स्वीकार गर्नुभयो र हामीले पनि स्वीकार ग¥यौ । हामीले चाहेको पनि सामुहिक नेतृत्व नै हो । त्यसपछि के सल्लाह भयो भने महन्त ठाकुर  राजेन्द्र महतो  शरदसिंह भण्डारी , महेन्द्र यादव जी, उपेन्द्र यादव , अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ लगायत हामी सांसदहरु सामूहिक बस्छौँ । बसेर यसलाई एउटा निकास दिन्छौँ । हाम्रो आन्तरिक कुरा मिलिसकेको छ । जुन प्रकारको द्वन्द हिजो थियो आज छैन अब हामी मिलेर अगाडी बढ्छौँ ।

दुबै दलहरु मिलेर हाम्रो यो कुरा भयो भनेर जनतामा जान जरुरी छ । हामीले असन्तुष्टि पनि राखेकै थियोँ । पार्टी फुटाउन होइन सुधारका लागि संघर्ष गरेका थियौँ । पार्टीमा सुधार होस । सामूहिक नेतृत्व होस कसैलाई काखापाखा नहोस भनेर हामीले संघर्ष गरेका हौँ । सांसदलाई बधुवा मजदुर कसैले नठानोस । हामी पनि जनताको प्रतिनिधि हौँ । हामी पनि पार्टीमा रहेर जनताको सेवा गर्न पाउनुपर्छ भनेर संघर्ष गरेका हौँउ । पार्टीको सिद्धान्त र विधान मानेर नै अगाडी बढ्नुछ । त्यही भएर नेतृत्वकर्ताले पनि हामीलाई समान रुपले हेरोस भनेर संघर्ष समिति बनाएका हौँ । पार्टीमा अलिकति मत मतान्तर सच्याउनका लागि समिति बनाएका थियौँ ।

कुनै बेलामा पार्टीमा तपाईको चरम असन्तुष्टि थियो । संसदमा बोल्ने कुरामा होस वा पार्टीबाट निष्कासित हुँदाको अवस्थामा अब यो पार्टीमा बस्नु अव उचित छैन भन्ने लागेको थियो ? कुनै मखमली सम्झना छ ?

गम्भिर कुरा गर्नुभयो । भावनात्मक प्रश्न छ । म पार्टीको निर्माणकर्ता मध्येको एक हुँ । मधेश आन्दोलनको कमाण्डर म थिए । आन्दोलन परिचालन समितिको संयोजक थिए । मेरो संयोजकत्वमा पर्साको आन्दोलन भएको छ । त्यहाँको नाका अवरोध देखि लिएर सबै कुरा मेरो नेतृत्वमा भएको छ । त्यती मात्रै होइन स्थानीय निकायको चुनाव हुँदा मलाई इगो थियो पार्टीलाई राम्रो सफलता दिलाउँ भन्ने र दिलाएपनि । पर्साका अधिकांश गाउँपालिकासँगै महानगर पनि कब्जा गरे । जिल्ला समन्वय समितिको सभापति पनि जितियो मेरो नेतृत्वमा । अहिले जुनसुकै स्थानीय प्रतिनिधिलाई सोध्नुहोस्, सबैले भन्छन् यसको जस प्रदिय यादवलाई जान्छ । उसको मेहनतलाई जान्छ । मैले त्यो मेहनत गरेको छु । त्यसपछि लगत्तै चुनाव भयो प्रतिनिधिसभा र प्रदेशसभाको त्यसमा पनि एक नम्बर पार्टी बनायौँ ।

तर केही दिन नवित्दै एउटा सानो मिस्टेकले म जस्तो पार्टीको सिपाहीलाई पानी पनि पिउने मौका नदिइ निलम्बन गरियो । त्यसले मलाई धरै सतायो ।

अब ठूलो पार्टी भइसक्यो । यसले लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ । संघियता बलियो बनाउन पनि सहयोग पुग्छ । भोलीको दिनमा देशलाई झन पहाड मधेश मिलाएर  राम्रो काम गर्यो भने फड्को पनि मार्न सक्छ ।  सबै मिल्यो भने सबै जातजातीका छन् । सबै मिलेर गयो भने ठूलो पार्टी बन्न सक्छ ।

अब निकास आउँछ मजबुद हामी बनाउँछौँ । पार्टीलाई देशकै राम्रो पार्टी बनाउनलाई हामी प्रयास गर्छौ । सानो कार्यकर्तालाई पनि गालि गरेर होइन फकाएर काम लिनुपर्छ भनेर नेतृत्वलाई सल्लाह दिन चाहान्छु  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)