महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी कसुरमा संलग्नमाथि मुद्दाको जाहेरी लिन अस्वीकार गरेको आरोप जनता समाजवादी पार्टी (जसपा) ले लगाएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी निरीक्षक सर्वेन्द्र खनाल विरुद्ध मुद्दाको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको आरोप जसपाले लगाएको हो ।
जसपाका सांसद सुरेन्द्र पाण्डे पार्टीका अन्य नेतासहित आफुलाई अपहरण गरेको भन्दै आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन पुग्नुभएको थियो । प्रहरीले जाहेरी नलिएपछि नव गठित जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले जाहेरी दर्ता नलिनुले राज्य नै अपराधिकरणमा गइसकेपछि नागरिकको जीवन रक्षा कसरी हुन्छ भन्ने गम्भिर प्रश्न उठेको बताउनुभयो ।
उहाँले देशमा घटेको ठूलो घटना जुन सरकारवादी मुद्दा बन्छ उक्त विषय दर्ता समेत हुन नसक्नुले आफ्नो भन्नु केही नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘देशमा यति ठूलो घटना अहिलेको बहालवाला प्रतिनिधि सभा सदस्य सांसदलाई सरकार र देशका कार्यकारी प्रमुखको निकट रहेका मानिसहरु र पूर्व प्रहरी प्रमुखको स।लग्नतामा जुन अपहरण जस्तो अत्यन्त जघन्य प्रकृतिको घटना घट्यो त्यो स्वतह नै हाम्रो कानून अनुसार सरकारावी मुद्दा बन्छ र प्रथम दृष्टिमा नै स्वतः नै यति चर्चा परिचर्चा भइसकेपछि त्यसबारे कुनै जाहेरी नलिइकन राज्य आफैले यो विषयमा मुद्दा अगाडि बढाउन सक्छ ।
सामानय तरिका त्यो हो । तर त्यस्तो हुन्थ्यो भने यो समस्या नै आउँदैनथ्यो । यो अहिले हामी प्रहरीलाई दोशारोपण गर्न चाहँदैनौं। वहाँहरुको बाध्यता छ । वहाँहरुलाई आदेश छ । जुन यो ओलीतन्त्र छ । जसले लोकतन्त्रका मूल्य मान्यता विधान संविधान कानून सबै ल्याएको छ । र राज्यको अपराधिकरण गरेको छ । आफै संलग्न भएर अपहरण जस्ता काण्डहरुमा मुछिएको छ । त्यसले सम्पूर्ण कर्मचारी प्रहरी प्रशासनलाई पनि आतंकित पारेको छ । त्यसैले वहाहरुले बुझ्दा बुझ्दै पनि कानूनको पालना गर्न सकिराख्नु भएको छैन । त्यसैले यो घटना अझ गम्भिर बनेर गएको छ ।’’
अपहरणमा परेका सांसद यादवले घटना घटेपछि नजिकको प्रहरी चौकिमा गएर जानकारी गराउनुपर्ने भएपनि आफुहरु जाहेरी दिन आउँदा दर्ता नगरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली नै घटनामा संलग्न भएकाले जाहेरी दर्ता नभएको बताउनुभयो ।
प्रहरी परिसरले यादवको घटना महोत्तरीमा भएको भन्दै महोत्तरी प्रहरी कार्यालयमा जाहेरी दिन वा कानूनले दिएका अन्य उपायहरु अवलम्बन गर्न आग्रह गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।
समाजवादी पार्टी फुटाउने योजनासहित गत बुधबार नेकपाका सांसदहरु बस्नेत, श्रेष्ठ र पूर्व आइजिपी खनालले समाजवादी पार्टीका सांसद यादवलाई काठमाडौं ल्याइपु¥याएका थिए । काठमाडौंमा उनलाई मेरियट होटलमा राखिएको थियो भने बिहीबार बिहान उनी होटलबाट फुत्किएर पार्टी सम्पर्कमा पुगेका थिए । यादव सँगै जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी पनि टेकु पुगेका थिए ।
