शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा विवाद – नेपाल निवासमा अलग्गै बैठक, के भयो छलफल ?


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 633
    SHARES

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समितिको बैठक तत्काल बोलाउने सम्भाबना नदेखेपछि माधव नेपाल निकट स्थायी समितिका सदस्यहरु सामुहिक छलफलमा जुटेका छन् । माधव नेपालको निबास कोटेश्बरमा साझ सात बजेतीर बाट सुरु भएको छलफलमा स्थायी समितिको बैठक आह्वान भएमा कसरी प्रस्तुत हुने र बैठक नबोलाईएमा कसरी अघि बढ्ने भन्ने बारेको रणनीतिमा छलफल भैरहेको छलफलमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष पुष्पकमल दहालसंग निरन्तर सम्बाद गरेका नेपालले आफूनिकट सदस्यहरुसँग ब्यक्तिगत छलफलपछि आज साझ आफनो निबासमा बोलाएर सामुहिक छलफल गर्नुभएको हो । नेपाल निटकमा सदस्यहरुले पार्टी र सरकार दुबैमा बिकल्प खोज्ने उपयुक्त समय आएको भन्दै अभिब्यक्ति दिईरहेको अबस्थामा बरिष्ठ नेता नेपालले बोलाउनु भएको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्रीको दौडमा समेत रहेका भनिएका नेता नेपालले वर्तमान ओली सरकार असफल भएको र सरकारका अधिकांस निर्णयहरु चरम बिवादमा परेका भन्दै पटक पटक आफनो कार्यशैली सच्याउन आग्रह गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)