शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारी राहत वितरणमा भेदभाव भयो: काँग्रेस सहमहामन्त्री


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 658
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले कोभिड १९ का प्रत्यक्ष प्रभावित नागरिकलाइ दिनुपर्ने राहतको वितरणमा भेदभाव गरेको बताएका छन् । यसबाट का कारण उत्पन्न समस्या सम्बोधनका लागि सरकारले एकद्धार नीति लिएको बताएकोले नेपाली कांग्रेस पार्टीले सुरुमै ५० लाख सरकारी कोषमा जम्मा गर्‍यो र देशभरि काँग्रेसका कार्यकर्ता तथा पार्टीका संघ संस्थहरु र आम नागरिक सहयोगिहरुले सरकारी निकाय मार्फत सहयोग गरेको उनले बताएका छन्।

तर यसरी राहत सरकारी कोषमा लिएपछि सरकारमा बस्नेहरूले यस्तो संकटको बेलामा पनि राहत र सहयोगमा पनि व्यापक दुरुपयोग र भेदभाव गरेको र राहत वितरणमा आफ्ना मान्छेलाई छानीछानी तेरो मेरो गरेर वितरण गर्ने गरेका सुचनाहरु आइरहेको डा.महतले बताएका छन्।

सिधै सहयोग गर्नेहरुलाइ पनि रोक्ने र हतोत्साही गर्ने घटना भएको उनले बताएका छन । उनले भनेका छन्, खासगरि दैनिक ज्यालादारीमा जीविका चलाउनेहरु र निम्न आय भयका नागरिकहरू आधारभुत सामाग्री र खाद्य अभावको संकट झेल्दै छन् तर सरकारले भने निष्पक्ष तथा खास समस्यामा परेकाहरुलाई सहयोग उपलब्ध नगराएको व्यापक गुनासो आइरहेको छ। यस अवस्थामा बर्तमान सरकारको एकद्धार रुपमा राहात वितरण गर्नै नीतिको औचित्य र बिश्सनियतामामाथि गम्भीर प्रश्न उठेको सहमहामन्त्री डा.महतले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)