शुक्रबार, बैशाख २८, २०८१

कोरियामा नेपाली कामदार जान पाउने


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 564
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लक डाउनपछि रोकिएका नेपाली कामदारहरुलाई कोरिया पठाइने भएको छ । मन्त्रिपरिषदको आइतबार   बसेको बैठकले दुई देशबीचको सहमतिमा इपीएस मार्फत छनोट भएका कामदारलाई कोरियामा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए ।

पछिल्लो समय कोरियामा जान भाषा पास गरेर भिषा समेत आइसकेका धेरै युवाहरु अलपत्रमा परेका छन् । भिषा आएर पनि धेरै कामदार जान नपाएपछि उनीहरुको भिषा नै स्थगित हुने अवस्था आएको भन्दै दुई देशको सहमतिमा कामदारलाई कोरिया जान दिने निर्णय भएको खतिवडाले जानकारी दिए ।

कोरियामा कोरोना संक्रमण फैलिएपछि सरकारले जोखिम हुने भन्दै कामदार पठाउन रोकेपछि कोरियाले पत्र नै लेखेर आपत्ति जनाएको थियो ।
सन २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम सुरु भएको छैन । कोरोनाको महामारी अघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । लकडाउनका कारण २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था थिएन । अब त्यो बाटो फुकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }