बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र उधोगलाई व्याजदर लगायतका सुविधा प्रदान गर्न चलचित्र निर्माता संघको माग


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 690
    SHARES

 

कोरोनाको असरका कारण नेपाली चलचित्र उधोगमा गम्विर असर परेको भन्दै चलचित्र निर्माता संघका अघ्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव लाई भेटी भलभित्र उधोग लाई बचाउन सरकारलाई विशेष राहत ल्याउन माग गरे ।
कोरोको प्रभाव निर्यन्त्रण पछप पनि चलचित्र उधोग पूर्णरुपमा  सुचारु हुन कम्तिमा पनि दूई वर्ष लाग्ने भएकाले  कम्तिमा डेढवर्ष देखि दुईवर्ष सम्मकालागि व्याजमा छुट र सावा भुक्तानीका लागी समय समय सिमा बढाएर पुष मसान्त सम्म पुर्याउन माग गरेको छ।

चलचित्र निर्माता संघको मागको पूर्ण विवरण
१,उद्योग ब्यवसाय,चलचित्रनिर्माण, प्रदर्शन, वितरण तथा गीत संगीत उत्पादन एवम् उपकरण (प्रविधि) ब्यवसाय कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको कर्जामा लाग्ने व्यजदर लकडाउन मितिबाट यताको अवधिलाई ७५% ले घटाई जम्मा २५%व्याजका साथै साँवा भूक्तानिको अवधिःबढाएर पौष मशान्तसम्म गरिनु पर्ने वा राज्यबाट कोभिड १९पूर्ण स्थीति नियन्त्रण भएको घोषणा पश्चात कम्तिमा ६ महिना सम्मकालागि स्थगन गरिनुपर्ने ।

२, चलचित्र निर्माण, प्रदर्शन, वितरण तथा गीत संगीत उत्पादन एवम् उपकरण (प्रविधि) ब्यवसाय कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रबाट ३ देखि ५ प्रतिसत सहुलियत ब्यजदरमा पुर्नकर्जा २ वर्षका लागि सुलभ कर्जाको थप ब्यवस्था गरिनु पर्ने ।

३,नेपाली चलचित्रको टिकटमा लाग्ने अतिरिक्त मुल्यअभिवृद्धि कर, स्थानियकर लगायतका करहरु पूर्ण रुपमा कम्तिमा आगामि २ वर्ष सम्मका लागि मिनाहा गरि  चलचित्रनिर्माण,प्रदर्शन गर्न, गराउन चलचित्र भवन तथा निर्मातालाई प्रोतसाहन गर्न ।

४,नेपालभरका सिनेमा प्रदर्शन भवनहरु, चलचित्र, गीत संगीत निर्माण उत्पादन तथा उपकरण (प्रविधि) ब्यवसाय स्टुडियोहरु मा प्रयोग हुने विजुली–बत्तीको विल–दस्तुर भुक्तानीमा लकडाउन अवधिभरको पूर्णमिनाहहुनुपर्ने र कम्तिमा आगामि २ वर्ष सम्मकालागि सहुलियत दरमा उपलब्ध गराउनु  पर्ने।

५, चित्रकर्मीहरुले चलचित्र तथा गीत संगीतनिर्माण, उत्पादन तथा चलचित्रभवनमा काम गरेवापत प्राप्त गर्ने पारिश्रमिकमा काटिंदै आयको कर,कम्तिमा आगामि २ वर्ष सम्मका लागि छटु गरिनु पर्ने।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)