बुधबार, चैत्र १४, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टीभित्र विवाद मिलाउन ओली र माधव गुट सक्रिय


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 406
    SHARES

पार्टी भित्रबाट अप्ठ्याराे पर्दै गएपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली शक्ति बाँडफाँड गरेर भएपनि समस्या सल्टाउन क्रियाशील भएका छन् । दुई अध्यादेशका कारण निकै आलोचित बनेका प्रधानमन्त्री ओली माथि चौतर्फी दवाब परेपछि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग ओली पक्ष छलफलमा जुटेको हो ।

आइतबार मात्र नेता नेपालको निवासका बसेको स्थायी समितिका केही सदस्यको भेलाले ओली बिरुद्ध सबै उपाय अबलम्बन गर्ने निर्णय गरेपछि ओलीले झनै दबाब महशुस गरेका थिए । यहि बीचमा अर्का अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री र राष्ट्रपति दुबै फेर्नेसम्मकाे तयारीको छनक पाएपछि ओलीले अर्का नेता नेपालसँग सहकार्यको लागि हात बढाएकाे जानकारहरू बताउँछन् ।

शक्ति बाँडफाँडको प्रस्ताव सहित दुबै पक्षका चार चार जना नेताहरु छलफलमा जुटेका छन् । ओली पक्षबाट वार्ताका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै नेपाल पक्षबाट वरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको स्रोतले जनाएको छ । केही दिनयता माधव नेपालसँग निरन्तर सम्वादमा रहेका प्रधानमन्त्री ओलीले आफू लचिलो हुने जनाउ दिएपछि दुबै पक्ष समूह नै बनाएर छलफल गर्न लागेका हुन् ।

नेता माधव नेपालको निवासमा भएको भेलाले एक व्यक्ति एक पद हुनु पर्ने, सरकारको कार्यशैली परिवर्तन हुनु पर्ने , केही मन्त्री र मुख्य मन्त्री परिर्तन हुनु पर्ने, राष्ट्रपतिको भूमिका पनि कतिपय अवस्थामा उचित नभएको भन्दै यस बारेमा ठोस निर्णय गर्नुपर्ने आवाज उठेको थियो । नेता नेपालले भने ओलीलाई अपमानजनक तरिका बाट हटाउँदा नराम्रो अवस्था आउने भन्दै एक पटक गम्भीर छलफल गरेपछि मात्र ठोस निर्णय गर्ने आश्वासन दिएका थिए ।

यहीबीच केही मध्यमार्गी नेताहरुले दुबै पक्षलाई मिल्नका लागि दबाब दिँदै आएका छन् । उनीहरुले शीर्ष तहमा एक खालको सहमति बनेपछि स्थायी समितिको बैठक बोलाएर विवादको निरुपण गर्न पनि सुझाब दिएका छन् । सहमतिका लागि अध्यक्ष ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल , प्रमुख सल्लाहकार बिष्णु रिमाललाई क्रियाशिल बनाएका छन् ।

नेपाल समूहमा रहेका मन्त्री योगेश भट्टराई पनि बालुवाटार , कोटेश्बर , खुमलटार दौडधुप गरिरहेका छन् । यता पूर्ब एमालेहरुबीच तिब्र रुपमा संवाद हुन थालेपछि अर्का अध्यक्ष पुष्पकमल दहाल पर्ख र हेरको रणनीतिमा रहेका छन् ।

नेकपामा क्रियाशील रहेका तीनै गुट एकअर्का प्रति शशंकित रहँदै आफ्नो बर्चश्च कायम गर्ने अवसरको खोजीमा रहेका छन्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }