शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद अपहरणको विषयमा अनुसन्धान गर्न काँग्रेस लगायत संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको माग


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 706
    SHARES

 

सांसद अपहरणको विषयमा अनुसन्धान गर्न काँग्रेस लगायत संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलले माग गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरुको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानबिन गर्न माग गरेका हुन् । पार्टी फुटाउन अपहरणको शैलीमा जनकपुरबाट समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको भन्दै विपक्षी दलहरुले घटनाको छानबिन गर्न मागरेका हुन् ।

सोमबार प्रतिपक्षी दल कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी नेपाल र राप्रपाका संयुक्त बैठकले सांसद अपहरणको घटना छानबिन गर्न माग गरेका हुन् ।

सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा विपक्षी दलहरुबाट व्यापक विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएपनि पृष्ठभूमिमा भएको अपराधको चित्र र चरित्रको पटाक्षेप नभएको भन्दै  दलहरुका नेताहरुले विरोध गरेकोगरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले प्रधानमन्त्री समेत संलग्न भई सांसद अपहरण भएको विषयमा मुद्दा समेत दर्ता नगरिएपछि दलहरु एकसाथ कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल भएको बताउनुभयो ।

काठमाडौंमा मुद्दा दर्ता भएर महोत्तरीमा अनुसन्धान गर्न सकिने ठाउँ हुँदाहुँदै पनि मुद्दा दर्ता नभएपछि दलहरु गम्भिर बनेको प्रवक्ता शर्माले बताउनुभयो ।

विगतमा पनि चितवनमा दर्ता भइ काठमाडौंमा अनुसन्धान र काठमाडौंमा दर्ता भइ सुनसरीमा गिरफ्तारी भएका नजिरहरु रहेको भएपनि शक्तिको आडमा अहिले मुद्दा दर्ता नगरिएको उहाले बताउनुभयो ।

विगतको नजिरलाई मध्यनजर राखेर काठमाडौंमा मुद्दा दर्ता भएर चितवनमा दर्ता भएका अथवा कारबाही भएका या चितवनमा दर्ता भएर काठमाडौंमा गिरफ्तारी भएका अथवा काठमाडौंमा मुद्दा दर्ता भएर सुनसरीमा गिरफ्तारी भएका अन्य घटनाक्रमहरु पनि हामीले हेरेका छौं प्रवक्ता शर्माले बताउनु भयो। मुलुकको २०७४ सालमा जारी भएको मुलुकी अपराध संहिताले कहिं पनि कुने ठाउँमा पनि दर्ता हुने विषयलाई रोक्दैन रोक्ने भन्ने कुनै प्रावधान पनि छैन त्यस कारणले यो विषयलाई गम्भिरतापूर्वक बैठकले लिएको छ प्रवक्ता शर्माले भन्नु भयो।

सांसदको अपहरण जस्तो विषय कुनै एक दलसँग मात्रै सम्बन्धित नभएर समग्र शान्ति, संविधान र लोकतान्त्रीक प्रणालीमा गलत कदम भएको निष्कर्ष बैठकले निकालेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)