शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पार्टी भित्र विवाद बढ्दै गएपछि नेपाल र ओली समूह बिच अनौपचारीक छलफल, सचिवालय बैठक भोली


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १५, २०७७
  • 608
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै गएपछि सोमबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बिच अनौपचारीक छलफल भएको थियो ।

छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै नेता रघुजी पन्तले कुनै निर्णय नभएपनि मंगलबार सचिवालय बैठक बस्नेगरी टुंगिएको बताउनुभयो । उहाँले छलफलमा दुईपक्षबीचको मन माझामाझ भएको बताउनुभयो । पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि छिटो भन्दा छिटो सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा वरिष्ठ नेता माधवकुमार नेता पक्षका नेताहरुले कुराहरु प्रष्टसँग राखेको बताउनुभयो ।

सचिवालय बैठक मंगलबार बस्ने र उक्त बेठकले नै स्थायी कमिटि बैठक बोलाउने विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले के भन्यौं भन्दा सरकारका र पार्टीका विना पूर्वाग्रह समिक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ र निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्री को हैसियतमा उहाँले दिने हो । गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो ।’

बौठकमा प्रधानमन्त्री ओली समूहबाट इश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)