शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी अर्थतन्त्रमा कोरोना असर ,लकडाउनले अमेरिकी अर्थतन्त्र एक दशक यताकै सबैभन्दा खराव अवस्थामा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १८, २०७७
  • 675
    SHARES

कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र एक दशक यताकै सबैभन्दा खुम्चिन पुगेको छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकामा वार्षिक ४ दशमलब ८ प्रतिशतका दरले अर्थतन्त्र ओरालो लागेको छ ।

बुधवार सार्वजनिक गरिएको सरकारी तथ्यांकले सो अवस्था देखाएको हो । तथ्यांकले सन् २०१४ पछि पहिलोपटक यसरी अर्थतन्त्र नराम्ररी खुम्चिएको देखाएको छ । संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंकका नीति निर्माताले कोरोना भाइरसको संक्रमणका कारण संयुक्त राज्य अमेरिका सहित विश्वमै गम्भीर मानवीय र आर्थिक संकट आइपरेको बताएका छन् । कोरोनाका कारण प्रभावित अर्थतन्त्रलाई गति दिन अमेरिकाले हालै मात्र ३ खर्व डलरको राहत घोषणा गरेको छ । जसमा धेरै परिवारलाई प्रत्यक्ष सहयोग वितरण गर्ने देखि बैंकको ब्याजदर घटाएर झण्डै शुन्य नजिक पुर्‍याएको छ ।

गत मार्च मध्यदेखि यता २ करोड ६० लाखभन्दा बढी मानिस बेरोजगार भएका भएका छन् । यस अवधिमा व्यापारिक गतिविधिमा ऐतिहासिक गिरावट आउनुका साथै उपभोक्ताको मनोवल समेत घटेको बताइएको छ । प्रक्षेपणकर्ताहरुले आगामी जुन महिनादेखि तीन महिनाको अविधिमा ३० प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा गम्भीर असर पुगेको छ ।

संक्रमणका कारण चीनको अर्थतन्त्र ६.८ प्रतिशतले गिरावट आएको छ । जुन सन् १९९२ कम हो । यसै गरी जर्मनीको अर्थतन्त्र पनि ६.३ प्रतिशतले खुम्चिन पुगेको छ । कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झण्डै १० लाख ३८ हजार संक्रमित रहेका छन् । विश्वमा हालसम्म २ लाख २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ३१ लाख ८९ हजारभन्दा बढी संक्रमित रहेका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }