शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रेमदेसिभिर नामक औषधिको प्रयोगबाट कोरोना संक्रमितलाई छिटो निको पार्न सहयोग पुगेको अमेरिकी अधिकारीको दावी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १८, २०७७
  • 530
    SHARES

अमेरिकी अधिकारीहरुले कोरोना भाइरसबाट संक्रमित विरामीको उपचारका लागि प्रयोग गरिएको रेमदेसिभिर नामक औषधिले त्यस्ता संक्रमितहरुलाई छिटो निको पार्न सहयोग गरेको स्पष्ट प्रमाण फेला परेको बताएका छन् । विश्वका विभिन्न अस्पतालमा गरिएको प्रयोगले सो औषधिले प्रयोगले संक्रमितमा देखिने लक्षण १५ दिनबाट घटाएर ११ दिनमा झारेको बताइएको छ ।

रेमदेसिभिरले कोरोना रोगीको उपचारमा राम्रो परिणाम ल्याएको प्रमाणित भए पनि यो कुनै जादूको गोली भने नभएको बताएका छन् । सो औषधिका कारण विरामीलाई बचाउने सम्भावना बढेको, अस्पतालमा विरामीको चाप घट्नुका साथै लकडाउनलाई केही खुकुलो बनाउन सहयोग पुग्ने बताइएको छ । रेमदेसिभिर औषधि मुल रुपमा इबोलाको उपचारका लागि विकास गरिएको थियो । यो एन्टिभाइरल हो र यसले इन्जाइमलाई हमला गरेर शरीरमा कोषहरुको उत्पादन गर्न सहयोग गर्दछ ।

संयुक्त राज्य अमेरिकाको इन्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले १ हजार ६३ जनामा औषधिको प्रयोग गरिसकेको छ । थप अन्यलाई पनि प्रयोग गर्ने तयारी गरेको छ ।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)