शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जिविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकार समक्ष प्रतिनिधि सभा सांसद मोहन आचार्यको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 940
    SHARES
प्रतिनिधि सभा सांसद मोहन आचार्य ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३१औं मजदुर दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिदै नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिकालागी हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। शुभकामना सन्देशमा सांसद आचार्यले अहिले विश्वनै नोवल कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारणले आक्रान्त भएको भन्दै श्रमिक दिवसको यस अवसरमा विश्वभर कोरोना संक्रमणबाट निधन भएका मजदुर एवं सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ।
साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको सांसद आचार्यले ले उल्लेख गर्नु भएको छ।
सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको भन्दै सांसद आचार्यले विभिन्न आरोह अबरोह पार गर्दै आफ्ना अधिकारहरु स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेको उल्लेख गर्नु भएको छ। एकातिर महामारीका कारणले देश विदेशमा रहेका श्रमिक तथा मजदुरहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाो छ भने अर्कोतिर उनीहरुले आफ्नो दैनिक जिविकोपार्जनमा कठिनाई भोग्नुपरेको सांसद आचार्यले शुभकामना सन्देश मा उल्लेख गर्नु भएको छ।
सांसद आचार्यले ले भन्नु भएको छ यो अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिकामा रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जिविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकार समक्ष अनुरोध गर्दछु । कोरोना संक्रमणलाई विश्वले छिट्टै पराजित गर्ने विश्वास व्यक्त गर्दै सांसद आचार्यले छिट्टै नै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गर्नु भएको छ।
सम्पूर्ण श्रमिक तथा मजदुरहरुलाई यस संकटको घडीमा धैर्यधारण गरी आफू रहेको ठाउँमा सुरक्षित बस्न आग्रह गर्दै सांसद आचार्यले सवैमा में दिवस को शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }