शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति ट्रम्पको दाबी- ‘चीनको ल्याबबाटै कोरोना भाइरस फैलिएको हो’


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 993
    SHARES

काठमाडौँ । कोरोना भाइरस संक्रमणले अमेरिकामा दिन प्रनि दिन क्षति पुराएपछि निरन्तर चीनमाथि खनिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक चीनलाई दोषारोपण गरेका छन् । उनले फेरि पनि चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको बताएका छन् । उनले यसको प्रमाण आफूसँग रहेको समेत बताएका छन् । ह्वाइट हाउसमा गरेको एक पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको समेत दाबीसमेत गरेको प्राप्त समाचारमा जनाइएको छ ।

ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेकोमा सो प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । त्यसको जवाफमा ट्रम्पले भने- छ, मसँग प्रमाण छ, मैले देखेकै हो।

उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्‍यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए ।ट्रम्पले विश्व स्वास्थ्य संगठनले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने- ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ।’

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर यो भााइरसबाट ३३ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । साथै यसबाट २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अमेरिकामा मात्र यसबाट ६३ हजार ८०० मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)